होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ७ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने दिन रावलले असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनको राजीनामा सभामुख अग्नि प्रसाद सापकोटाले अझैसम्म स्विकृत गरेका छैनन् ।पार्टी अध्यक्ष केपी शर्मा ओली […]
नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे । माधव नेपालसहित […]
धनगढीः नेकपा एमालेका उपाध्याक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गराउन काठमाडौँ पुगेका सुदूरपश्चिम प्रदेशसभाका सांसदले रावलको राजीनामा फिर्ता हुने बताएका छन्। काठमाडौं पुगेर रावललाई भेटेका सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले भने, ‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सँगै राखेर हामीले कुराकानी ग¥यौं। पार्टी एकता गर्नको लागि आफूले […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गरेका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो । बिहीबार युवा संघ नेपालको भक्तपुर भेलाबाट एक हजार एक सदस्यीय पीभी घोषणा गरिएको हो । नेता नेपाल आफैंले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा पीभी घोषणा गरेका हुन् । पीभीको इन्चार्ज सन्जीप […]
काठमाडौं, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्तापक्षले महाभियोग लगाउन खोजेको विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा खुलाए । उनले चेतावनी दिदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महाभियोगको सपना नदेख्न समेत भने । महाभियोगका लागि संसदमा अंकगणित मिलाउने तयारी भइरहँदा ओलीको भनाई आएको हो […]
काठमाडौं, ७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिएका छन् । हिजोमात्रै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्ठे स्पष्टीकरण सोधेका थिए । माधव नेपालसहित २२ जना सांसदहरुले आज उक्त स्पष्टीकरणको जवाफ दिएका हुन् । उनीहरुले बुझाएको […]
७ साउन, काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका […]
७ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् । बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’ महामन्त्री […]
काठमाडौं, ७ साउन । नेकपा एमाले फुट्ने या जुट्ने केही दिनमै टुंगो लाग्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बढी भन्दा बढी सांसद र केन्द्रीय सदस्य पक्षमा पार्ने रस्साकस्सी परिरहेको छ । एमालेको नवौं महाधिवेशनबाट गठन भएको कमिटीलाई आधार मान्ने हो भने केपी शर्मा ओली स्पष्ट बहुमतमा छन् । […]
काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लगेर क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले त्यो बाटोमा एमाले अगाडि बढ्छ कि बढ्दैन भनेर हेरिरहेको बताएका हुन् । ‘कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनु पर्छ । कम्युनिस्ट आन्दोलनलाई सही […]
विराटनगर । मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ । बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो । बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए […]
काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने । सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, […]
७ साउन, काठमाडौं । चीनका एक प्राध्यापकले नेपालमा भारतप्रति नरम (प्रो–इन्डियन) नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि नेपाल–चीन सम्बन्ध ठोस रुपमा अगाडि बढ्ने टिप्पणी गरेका छन् । फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिज का प्रोफेसर झाङ जिअदोङले चिनियाँ सरकारको मुखपत्र ग्लोवल टाइम्समा एक लेख लेख्दै नेपाली कांग्रेसले नेपालको परराष्ट्र नीतिलाई भारत अनुकुल दिशामा लैजाने पर्यवेक्षकहरुको बुझाइ […]
पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा गरेका नियुक्तिको अवस्था के होला भन्ने प्रश्न अदालतमा विचाराधीन छ । यही बेला देउवा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरिदिएको छ । यो परिस्थितिमा अब बस्ने संवैधानिक परिषद् बैठकको दृश्य कस्तो होला ? यसअघि प्रधानमन्त्रीको हैसियतमा परिषद्को अध्यक्ष रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अब विपक्षी दलको नेताको हैसियतले […]
नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी अध्यक्षबाट राजीनामा दिएमात्रै पार्टी एकता हुने बताएका छन् । ‘ओलीले अध्यक्षबाट तत्काल राजीनामा दिएर पार्टी एकताको बाटो खोल्नुपर्छ’, कुरा गर्दै माधव नेपाल समुहका नेता खतिवडाले भने, ‘पार्टीभित्रको एकतालाई समाप्त पारेको, कम्युनिस्ट एकतालाई ध्वस्त बनाएको र देशको राजनीतिलाई अस्तव्यस्त बनाउनेगरी संसद विघटन गरेकाले उनले एमाले […]
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् । काँग्रेसको जिल्ला सभापति पदका लागि पनि गुटगत प्रतिस्पर्धा हुने देखिन्छ । १३ औं महाधिवेशनको परिणाम […]
७ साउन, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय […]
काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क परेका छन् । उनीहरु नेकपा एमालेको औपचारिक विभाजनको अवस्थामा माधवकुमार नेपाल पक्षमा लाग्न ठिक्क परेका हुन् । विश्वस्त स्रोतका अनुसार गुट परिवर्तनका लागि ठिक्क परेकामा पूर्वमालेका केन्द्रीय सदस्यहरु बढी छन् । उनीहरुले माधव नेपाल पक्षका नेताहरुलाई […]