होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • भीम रावल एमालेमा निर्णायक शक्ति, कस्लाई देलान् साथ ?
राजनीति

भीम रावल एमालेमा निर्णायक शक्ति, कस्लाई देलान् साथ ?

  • नागरिक रैबार
भीम रावल एमालेमा निर्णायक शक्ति, कस्लाई देलान् साथ ?

काठमाडौं, ७ साउन । नेकपा एमाले फुट्ने या जुट्ने केही दिनमै टुंगो लाग्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बढी भन्दा बढी सांसद र केन्द्रीय सदस्य पक्षमा पार्ने रस्साकस्सी परिरहेको छ ।

एमालेको नवौं महाधिवेशनबाट गठन भएको कमिटीलाई आधार मान्ने हो भने केपी शर्मा ओली स्पष्ट बहुमतमा छन् । संसदीय दलमा पनि उनको बहुमत छ । ओलीको साथमा २०३ केन्द्रीय सदस्यमध्ये १२० छन् । नेपालको पक्षमा ८० को हाराहारीमा छन् । यो संख्या उपाध्यक्ष भीम रावल पक्षधरलाई समेत गणना गर्दाको हो । बामदेव गौतमको साथमा केही केन्द्रीय सदस्य छन् ।

संसदीय दलमा ओलीको पक्षमा ८५, नेपालको पक्षमा तुलसा थापालाई समेत गणना गर्दा २४ र बाँकी ११ जना तटस्थ भूमिकाका सांसद छन् । ११ जनामा भीम रावलसहितका छन् ।

विज्ञापन

अब एमाले एक हुँदा या फुट्दा कस्ले कति केन्द्रीय सदस्य र सांसद पुर्याउन सक्छ भन्ने महत्वपूर्ण हुन्छ । यसैका आधारमा एमालेका हस्ती नेताहरुको राजनीतिक भविष्यले पनि एउटा स्पष्ट मार्ग पाउँछ ।

वरिष्ठ नेता माधव नेपाल अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने पक्षमा छैनन् । उनले ओलीको अध्यक्ष पदबाट राजीनामा माग्न लगाइरहेका छन् । तर, ओली तयार छैनन् । यसकारण फुटका लागि नेपालले बढीभन्दा बढी केन्द्रीय सदस्य र सांसद तयार गर्न खोजेको देखिदैछ ।

नेपालले उपाध्यक्ष भीम रावललाई पक्षमा पार्न खोजेका छन् । उनले बुधबार टोखा पुगेर रावललाई भेटेका छन् । मिलेर अगाडि बढ्ने प्रस्ताव पनि राखेका छन् । तर, रावल नेपालसँग रुष्ट छन् । उनलाई ओलीले पनि महत्वपूर्ण प्रस्ताव राखेका छन् । कार्यवाहक अध्यक्ष दिने प्रस्ताव रावललाई पुगेको छ ।

रावल यतिबेला ओली र नेपालको तानातानमा छन् । उनी एमालेभित्र निर्णायक शक्ति बनेका छन् । उपाध्यक्ष बामदेव गौतम नेपाल समूहमा पुगेपछि रावल निर्णायक शक्ति बनेका हुन् । उनी अहिले कुनै पनि पक्षमा नलागेको सन्देश दिइरहेका छन् ।

रावलसँग केही सांसद र केन्द्रीय सदस्य पनि छन् । रावलको साथमा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, झपट रावललगायत नेताहरु देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा उनको पकड बलियो छ । त्यहाँ एमालेका बहुमत सांसद रावल पक्षका हुन् ।

पार्टी कमिटीहरुमा पनि रावलको पकड बलियो भएकाले उनले जसलाई साथ दिन्छन् त्यो बलियो हुने निश्चित छ । माधव नेपालले रावलको साथ पाएमा ओलीलाई केन्द्रीय कमिटीमै अल्पमतमा पार्न सकिने देखेका छन् । अहिले ८३ जना केन्द्रीय सदस्य साथमा रहेको, बामदेवको पहलमा १३ जना आउनसक्ने देखेबाट रावलले साथ दिएमा १०२ पुर्याउन सकिने देखेका छन् । त्यसैले उनी रावललाई फकाउन लागिपरेका छन् ।

तर, ओलीले रावललाई साथमा लिएर बढ्न खोजेका छन् । रावल तानातानमा परेका छन् । अब उनले जस्लाई साथ दिन्छन् उही एमालेभित्र बलियो हुने अवस्था बनेको छ ।

एमालेभित्र हस्तीहरु को कता

ओली पक्ष
केपी शर्मा ओली
ईश्वर पोखरेल
विष्णु पौडेल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
सुवास नेम्वाङ
शंकर पोखरेल

नेपाल पक्ष
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
अष्टलक्ष्मी शाक्य
अमृतकुमार बोहरा

रावलसहित तटस्थ भूमिकामा रहेकाहरु
भीम रावल
सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
गोकर्ण बिष्ट
योगेश भट्टराई
भीम आचार्य

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार