होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले २२ सांसदले बुझाए स्पष्टीकरणको जवाफ : राजीनामा नदिएकोले देउवालाई विश्वासको मत दियौं
राजनीति

एमाले २२ सांसदले बुझाए स्पष्टीकरणको जवाफ : राजीनामा नदिएकोले देउवालाई विश्वासको मत दियौं

  • नागरिक रैबार
एमाले २२ सांसदले बुझाए स्पष्टीकरणको जवाफ : राजीनामा नदिएकोले देउवालाई विश्वासको मत दियौं

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिएका छन् । हिजोमात्रै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्ठे स्पष्टीकरण सोधेका थिए । माधव नेपालसहित २२ जना सांसदहरुले आज उक्त स्पष्टीकरणको जवाफ दिएका हुन् ।

उनीहरुले बुझाएको स्पष्टीकरणमा भनिएको छ,‘“प्रतिनिधिसभाको पुनःस्थापनापछि पार्टी विभाजन भएको कारणले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रक्रियाको सरकार पनि बन्न सकेन । वास्तवमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो । तर त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनभयो । मिति २९७८ वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्दथ्यो । राजीनामा नदिई पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफैँ प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतको कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोधस्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् ।’

 

विज्ञापन

उनीहरुले अध्यक्ष ओलीबाट एकपछि अर्को गरेर अवैधानिक काम भएको भन्दै आफूहरु त्यसको विरोधमा उभिएको स्पष्ट पारेका छन् । तर, आजै एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुलाई बाटो बिराएकाहरुको संज्ञा दिँदै पार्टीमा फर्किन आग्रह गरेका छन् । र, आममाफी पनि दिने ओलीको घोषणा थियो । उनले भने,‘आउनुहोस, अब पार्टीलाई एक बनाएर लैजाऔं । एम्नेष्टी ग्रान्टेड । आममाफी भयो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार