होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका सांसद भन्छन्, ‘भीम रावलले राजीनामा फिर्ता लिनुहुन्छ’
समाचार

सुदूरपश्चिमका सांसद भन्छन्, ‘भीम रावलले राजीनामा फिर्ता लिनुहुन्छ’

  • नागरिक रैबार
सुदूरपश्चिमका सांसद भन्छन्, ‘भीम रावलले राजीनामा फिर्ता लिनुहुन्छ’

धनगढीः नेकपा एमालेका उपाध्याक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गराउन काठमाडौँ पुगेका सुदूरपश्चिम प्रदेशसभाका सांसदले रावलको राजीनामा फिर्ता हुने बताएका छन्।

काठमाडौं पुगेर रावललाई भेटेका सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले भने, ‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सँगै राखेर हामीले कुराकानी ग¥यौं।

पार्टी एकता गर्नको लागि आफूले प्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिएको उहाँको भनाई थियो। हामीले राजीनामा फिर्ता लिनुपर्छ भनेपछि उहाँ सकारात्मक देखिनु भएको छ।’

विज्ञापन

रावलले राजीनामा फिर्ता लिन्छन भन्ने प्रश्नमा कुँवरले भने, ‘फिर्ता लिनुहुन्छ। हामीलाई पूर्ण विश्वास छ। प्रक्रिया पूरा गरेर फिर्ता लिनु हुन्छ।पार्टी एकताका लागि राजीनामा दिएको हुँदा आफू फिर्ता लिन तयार रहेको धारणा सुदूरपश्चिमका सांसद समक्ष रावलले गरेको कुँवरले बताए।

राजीनामा दिएका रावालको ले प्रतिनिधि सभा सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेका थिए। सुदूरपश्चिम सरकार फेरबदको सवालमा भने अहिले कुनै छलफल नभएको प्रदेशसभा सदस्य कुँवरले बताए।

केही मन्त्रीहरु परिवर्तन हुनेसक्ने सम्भावन भने रहेको भनाई उनको थियो। अनैतिक राजनीतिक खेलबाट आफू अलग भएको भन्दै रावलले सांसद पदबाट राजीनामा दिएका थिए।’दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार