होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सुहाना थापा र अनमोल केसी आगामी वैशाख १ गते रिलिजको तयारीमा रहेको ‘ए मेरो हजुर ४’को प्रचारप्रसारमा व्यस्त छन् । सार्वजनिक भएका यो फिल्मको गीत र टिजरमा यी दुईलाई रुचाइएको पनि छ । केही दिनअघि उनीहरु मिडियासँग गफिंदै गरेको बेला भेटिए । त्यसबेला उनीहरु रिलेसनसिपलाई लिएर अन्तरंगी सुनिए । उनीहरुले आ-आफ्नो प्रेम सम्बन्धलाई […]
काठमाडौं । गायिका शान्तिश्री परियारले राष्ट्रिय लोकदोहोरी अवार्ड–२०७८ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छन् । यही विधामा गायकतर्फको ट्रफी चाहिं कुशल बेल्बासेले उचाले । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितिले आयोजना गरेको अवार्डमा दीर्घसाधना सम्मान गायक बमबहादुर कार्कीलाई प्रदान गरियो । दशकको स्रष्टा सम्मान रामजी खाँणलाई प्रदान गरियो भने ‘कलकत्ते […]
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई कठियावाडी’का कारण चर्चामा छिन् । यसबाहेक उनी प्रेमी रणवीर कपुरसँगको बिहेलाई लिएर पनि समाचारको हेडलाइनमा बन्ने गर्छिन् । यतिबेला भने आलिया र रणवीर बिहेलाई लिएर नयाँ खबर छ । भारतीय सञ्चारमाध्यमले यो जोडीको बिहेको नयाँ खबरबारे उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले […]
प्रकाश सपूतलाई पक्कै थाहा थियो– यस्तै हुन्छ भनेर ! जस्तो कि अहिले उनको गीत ‘पिर’ले सत्तामाथि पिर थपिरहेछ, तरंग ल्याइरहेछ । नेतृत्वमा हुनेहरूको सात्तो लिइरहेछ । नजिकिँदै गरेको चुनावको दौडधुपमा ५ वर्षपछि गाउँ झर्न लागेको नेकपा माओवादी केन्द्रलाई प्रकाश सपूतले बन्दुक प्रहार गरेझैँ भयो । युट्युबबाट रिलिज भएको केही घण्टामै नेता कार्यकर्ताहरूमा भूकम्प ल्याइदियो । […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले […]
काठमाडौं, २८ फागुन । प्रकाश सपूतको पीडा दियो बोलको गीत यतिबेला लोकप्रीय भएको छ । युट्युबमा राखेको केही घन्टामै भिडियो एक लाख भन्दा बढीले हेरिसकेका छन् ।माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतले अभिनय गरेका छन् । https://youtu.be/Gep3jLq32OI
काठमाडौँ — प्रेमीले दिलाएको लोभमा हिरोइन बन्ने सपना बोकेर १६ वर्षे जवानीमा घरमा थाहै नदिई काठियावाडीदेखि मुम्बई छिरेकी गंगा । रिलको हिरोइन त कहिल्यै बन्न पाइनन्, तर रियलमा उनीहरूका लागि हिरो बनिन्, जो कमाठीपुराको बदनाम गल्लीमा आफ्नो शरीर बेचेर बाँचिरहेका थिए । सञ्जयलीला भन्सालीको लेखन, निर्देशन रहेको फिल्म ‘गंगुबाई काठियावाडी’ को केन्द्रीय भूमिकामा रहेकी आलिया भट्ट गंगुबाईको […]
काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ सार्वजनिक भएको छ ।शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस […]
अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको बिषय बनेको छ । राजेशले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए । जसमा उनले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको भन्दै आफ्नो मेयर चाहना राखेका थिए । उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन थालेको छ । के राजेश […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ ।बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे । राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् । मानव सुवेदीको संगीतमा गीत […]
काठमाडौं । २०३० सालमा बनेको ‘मनको बाँध’ पछिल्लो श्यामश्वेत नेपाली फिल्म थियो । त्यसअघि बनेका आमा, हिजो आज भोलि र परिवर्तन पनि ब्ल्याक एण्ड ह्वाइट फिल्म थिए । ‘मनको बाँध’ रिलिज भएको ४८ वर्षपछि नेपालमा पुनः श्यामश्वेत फिल्म बनेको छ । सुवर्ण थापा र सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’ आगामी भदौ २४ गते श्वामश्वेत […]
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक साउथ (दक्षिण भारतीय) सहित दुई फिल्म रिलिज भएको छ । फिल्म हुन् ‘आकाशे खेती’ र ‘राधे श्याम’ । ‘आकाशे’ नेपाली फिल्म हो, भने ‘राधे श्याम’ साउथ । यी दुबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । ‘आकाशे खेती’ : पुराना निर्देशक उदय सुब्बाको निर्देशन रहेको […]
महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ । सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठमाडौं […]
काठमाडौं । प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ आगामी भदौ १० गते रिलिज हुने भएको छ । प्रदीपको जन्मदिनको अवसर पारेर फिल्मको निर्माण टिमले आफ्ना दुई मुख्य पात्रको लुक्ससहितको अफिसियल पोस्टर सार्वजनिक गरेको हो । दिनेश राउत निर्देशित फिल्मले विपन्न वर्गको एक गाउँले युवकले सरकारी शिक्षक बन्न गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ । पोस्टरमा प्रदीप […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् । करिश्माले भनिन्, […]
काठमाडौं, २६ फागुन । साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् । एक भिडियो सन्देशमार्फत उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैँ माया गर्न आग्रह गरेका छन् । ‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ । हेरेर माया गरिदिनुहोला,’ आफ्नो सन्देशमा […]
लाखै नेपाली जनताको मन र मस्तिष्कमा राज जमाउन सफल अत्यन्तै सुपरहिट गायक शिव परियार गित संगितमा मात्र होइन समाजका रहेका हरेक बिदामा दख्खल राख्ने एक अब्बल व्यक्तितब हुन । नेपाली समाजमा सदियौ देखि जरा गाडेर बसेको जातीय भेदभाव अहिले पनि झनै मौलाएको छ । यसै यथास्थिति माथी गित संगित बाट गरिने परिवर्तनको पहल र प्रहारमा […]
काठमाडौं । गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो फिल्म ‘परदेशी २’ आगामी दशैंमा रिलिज हुने भएको छ । निर्माण पक्षले बुधबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरेको हो । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले यो फिल्मलाई निर्माण गरेका हुन् । फिल्मका निर्देशक रायमाझी हुन् । फस्टलुक […]
कलाकार, प्रेमिका, मिस नेपाल, छोरी र मान्छे । यी सबै आयामको आँखीझ्यालबाट हेर्दा सृष्टिको निष्कर्ष छ- श्वासलाई महसुस गरौं । यही नै जीवनको वास्तविक खुसी हो ।’ ‘यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्…’ भूपि शेरचनको अर्थपूर्ण कविता ‘चिसो एस्ट्रे’का पंक्तिसँग उनको जीवन […]
पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममकाबीच अवार्डको जानकारी गराइयो । नेपाली फिल्मलाई विश्वस्तरमा पु¥याउने उद्देश्यले सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको यो बर्ष २०२२ जुलाई ३ तारिखमा आयोजना हुने आयोजकले जनाएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी […]