होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ- कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् । उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख जंगविर सुनारलाई पत्नी शोक परेको छ । उनकी पत्नी पार्वती सुनारको ५१ वर्षको उमेरमा गएराती उपचारका क्रममा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार काठमाण्डाैमा रहेकाे विरेन्द्र शैनिक अस्पताल छाउनीमाउनको मुटु , सुगर तथा थाइराइडको उपचार भईरहेको बेला निधन भएको हो । लामो समयदेखि मुटु […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । गाउँपालिकाको निर्णय बमोजिम मन्त्रालयले शाहीलाई पालिकाको आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको बढीनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्वर वडाका नागरिकहरुलाई लक्षित गरि साविकको पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको हो । खाद्यन्न डिपोको सोमबार एक औपचारिक कार्यक्रमका विच बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले उद्धघाटन् गरेका छन् ।बुढीनन्दा […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुरामा आइतबार राति भएको ट्याक्टर दुर्घटना परेर १ जनाको मृत्यु भएको छ । भने उनका छोरा घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर वडा नम्वर–५ को चिराल्नामाओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जनाको उद्धार सकुशल गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो । भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुरामा आगामी चैत्र १६ गते बाट कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ आयोजना हुने भएको छ । बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा आगामी चैत्र १६ गते देखि २५ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा महोत्सव आयोजना हुन् लागेको हो । आज बडीमालिका सामुदायिक विकास समाज बाजुराले मार्तडीमा पत्रकार सम्मेलन गर्दै महोत्सव संचालन बारे […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । शनिवार एक कार्यक्रमका विच वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो । वडामा रहेका छाउपडीका लागि बनाइएका गोठहरुको स्थानीयको सक्रियतामा हटाएर छाउपडी महिलाहरुलाई सुरक्षित तरिकाले घरभित्रै बस्न सक्ने गरी बनाएपछि वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएको १ का […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेका छन् । कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भीरबाट लडेर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतकको शव […]
नागरिक रैबार/बाजुरा २३ फागुन।बाजुरामा राष्ट्रिय परिचयपत्र बनेर आएको भएपनि यहाँका नागरिकहरुले अहिलेसम्म लिन नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । २०७७ साल असोज १ गतेबाट बाजुरामा सुरु गरिएको राष्ट्रिय परिचयपत्र अभियानमा हालसम्म १४ हजारको कार्ड बनेर आईसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । हालसम्म ४ हजार कार्डहरु लिएको भएपनि अझैं साढे १० […]
नागरिक रैबार/बाजुरा २३ फागुन। बाजुराकाे जगन्नाथ गाउँपालिका-१ पानीखाल लेखको भेडीगाेठमा आगलागि भएको छ । आगलागीबाट सोही गाउँपालिका-१ का अर्जुन गिरीको भेडी गोठमा रहेका चारवटा भेडा मरेको र नगद ४० हजार, त्रिपाल, बलांकेट, कम्मल, लुगाकपडा, खाद्यान्न, मोवाईल लगायतका सामग्री जलेर नष्ट भएका छन् । भेडीगाेठमा चुलोमा आगो बलिरहेकाे बेला एकाएक चलेकाे हावाहुरीले आगलागी हुँदा चार भेडा […]
नागरिक रैबार/बाजुरा २२ फागुन। नवदित गायिका धर्मा कुमारी ओखेडाको स्वरमा रहेको नयाँ देउडा गीत ‘सुवा खेल्न्या खेल’ सार्वजनिक सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मासंगै रमेश मुस्कानको स्वर रहेको छ । कुमार मटेलीको शब्द, विकास रोकाया र दिलबहादुर विकको लय रहेको उक्त गीत रोकाया डिजिटल म्युजिक युट्युव च्यानलमा सार्वजनिक भएको हो । रोकाया डिजिटल म्युजिक […]
नागरिक रैबार/बाजुरा २१ फागुन। कैलाशकुट क्याम्पसर काठमाण्डौंको स्ववियु सभापतिमा विनोद विकले उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववीयुको तर्फबाट कैलाशकुट क्याम्पस काठमाण्डौंमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि विकले स्ववियु सभापतिमा उम्मेदवारी दिने भएका हुन् । बाजुराको बुढीनन्दा नगरपालिका स्थायी घर भई हाल कैलाशकुट क्याम्पस काठमाण्डौंमा अध्ययनरत रहेका विकले विद्यार्थीहरुको शैक्षिक […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडीमालिका नगरपालिकाले हालै सम्पन्न जिल्ला जिला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड विजेता खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको छ । बुधबार मार्तडीमा एक कार्यक्रमका बिच १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेका खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको हो । १५ औँ जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका खेलाडीले […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराकाे गाैमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीया डम्मरबहादुर रोकाया रहेका छन् । घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार विहान मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा रहेकाे घाँस काट्ने क्रममा लडेर मृत्यु भएको आफन्त दीपेन्द्र […]
नागरिक रैबार/बाजुरा २० फागुन। नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाजुराकाे अध्यक्षमा देवु खाति सर्वसम्मत अध्यक्षमा चयन भएकी छन् । अनेमसंघकाे हिजाेबाट सूरू भएकाे ८ औ जिल्ला अधिवेशनले अध्यक्षमा खाति रहने गरि ३३ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे । जस अनुसार उपाध्यक्ष निर्मला रोकाया र अमला दमाई, सचिव दुर्गा थापा, उप -सचिव गिता […]
कर्णाली करिडोर अन्तर्गतको जुड्डीमा आइपुग्दा एक महिला सडकको छेउमा बसेर मादल बजाउँदै गित गाउँदै थिइन । उनको अघि एक पुरुष विस्तारै नाचिरहेका थिए । गितको बोल थियोः ‘दिलमा तिमी, तिमि नै आँखामा, तिम्रो माया छ मेरो नसा नसामा, रगत रगतमा नसा नसामा हे रगत रगतमा…’ प्रल्हाद सुवेदीले लेखेको, कुलेन्द्र विक र विष्णु माझीले गाएको यो […]
नागरिक रैबार/बाजुरा १८ फागुन। बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालायलाई पत्र पठाएको छ । परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहित मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको गाैमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् । स्थानीयले पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र […]
नागरिक रैबार/बाजुरा १७ फागुन। नेपाल बुद्धिजीवी परिषद बाजुराको सातौ जिल्ला अधिबेशन मार्तडीमा सम्पन्न भएकाे छ । अधिवेशनले अध्यक्षमा शेरबहादुर रावलकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे। मार्तडीमा सम्पन्न उक्त अधिवेशनबाट जसमा उपाध्यक्षमा दीमा सुब्बा,सचिव महेशराज जैशी,कोषाध्यक्ष दीपक रोकाया र सह सचिवमा नवराज बुढा रहने गरी १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको निर्वाचन समितिले जनाएको छ […]
नागरिक रैबार/धनगढी १७ फागुन। प्रेस चाैतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । सुदूरपश्चिमकाे धनगढीमा शनिवार सम्पन्न प्रेस चाैतारीकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा नरेन्द्रसिंह कार्की रहने गरि २५ सदस्यीय नयाँ प्रदेश समिति चयन भएकाे हाे । जस अनुसार उपाध्यक्षमा मीन ठकुरी महिला उपाध्यक्ष कल्पना बोहरा, महासचिव भानुभक्त आचार्य, कोषाध्यक्ष लक्ष्मणदत्त पन्त, […]