होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित रेडियो पाैरखी पहिरोको उच्च जोखिममा परेको छ । शनिबार साँझको अविरल वर्षासगै आइतबार विहान पहिरो गएपछि रेडियो स्टेशन पहिरोको जोखिममा परेको हो । आईतबार विहान आएको पहिरोले रेडियोको स्टेशन तलको पुरै पर्खाल भत्किएको रेडियो पौरखीका निमित्त स्टेशन मेनेजर रामबहादुर विकले बताएका छन् । उहाँका अनुसार रेडियो आगाडीको […]
नागरिक रैबार । बाजुराकाे बडीमालिका नगरपालिका ९ मार्तडी तल्लाबाडाका ७ वर्षिया गाैतम थापाकाे काठमाण्डाैमा उपचारका क्रममा मृत्यु भएको छ । थापाको काठमाण्डाै स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । ७ वर्षका थापालाई बचाउनकै लागि चिकित्सकको टोलीले ४८ घण्टा लामो समय दिएका थिए । तर उनको ज्यान बचाउन नसकिएको उपचारमा […]
नागरिक रैबार/बाजुरा ८ साउन। हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा अन्दाजि वर्ष ३५ कि जुनेली राेकाया रहेकी छन् । यस अघि जीप दुर्घटनामा परेर हिमाली गाउपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकायाकाे घटना स्थलमै मृत्यु भएको थियाे । बिहीवार बिहान वडा नम्बर […]
नागरिक रैबार/बाजुरा ८ साउन। बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका ५ किउडी बाट धुलाचौर तर्फ आउदै गरेको जिप तुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ । मृत्यु हुने हिमाली गाउँपालिका -५ किउडी गाउँकि ७६ वर्षीय बाचा रोकाया र ७५ वर्षीय बिजौरा रोकाया घटना स्थलमा मृत्यु भएको छ, भने अन्य १५ जना घाइते भएका छन । जिप […]
राजेन्द्र विक बाजुरा,३साउन। बाजुराको बडीमालिका नगरपालिका ६ र ८ को सीमा क्षेत्र रापकमा पर्ने विरेखोला झरनाको एकैदिन ३ हजार जना आन्तरिक पर्यटकले भ्रमण गरेका छन्। साउने संक्रान्तिको अवसरमा बिहिवार बिरेखोला झरना स्थलमै गरिएको लाइभ देउडा कार्यक्रम संगै झरनाको प्रत्यक्ष टिकट काटेरै एक हजार भन्दा बढि र बाहिर बाटै करिब २ हजार आन्तरिक पर्यटकले अवलोकन गर्नुभएको […]
नागरिक रैबार/बाजुरा २ साउन। मार्तडी-गाैमुल जाेड्ने ठुलीसाँघु खोलामा अस्थायी काठेपुल निर्माण गरिएको छ । खोलामा रहेकाे पुरानो पुल ठेकेदारले भत्काएपछि १ महिनादेखि आउजाउमा समस्या हुँदै आएको थियो । बर्षातको समयमा खोलामा पानीको बहाव बढेपछि नागरिकहरुलाई आवतजावतमा समस्या भएको भन्दै बडीमालिका नगरपालिकाको सकृयतामा हाललाई अस्थायी काठेपुल निर्माण गरिएको छ । खोलामा पुल निर्माण कार्य अलपत्र पारेर […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुरामा असारको अन्तिम सम्ममा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत जेठ दोस्रो हप्तादेखि सुरु भएको धान रोपाइँ अहिले सम्म जम्मा ८४ प्रतिशत सम्पन्न भएको हो । लामो समयसम्म परेको खडेरीका कारण असार अन्तिम सम्म जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८४ प्रतिशत धान रोपाइँ सम्पन्न गरिएको भएको कृषि ज्ञान […]
प्रमित विक–बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमा क्षेत्रमा पर्ने वीरेखोला झरनामा लाइभ देउडा हुने भएको छ । केही वर्षयता आन्तरिक पर्यटकको गन्तव्य बनेको वीरेखोला झरनाको प्रचार प्रसार तथा प्रर्वद्धनका लागि लाइभ देउडा कार्यक्रम सञ्चालन गरिने भएको हो । साउने सक्रान्तिको अवसर पारी भोली साउन १ गते विहीबार वीरेखोला झरनामा देउडीया विस्ना विष्ट र पुने […]
नागरिक रैबार/बाजुरा ३२ असार। बाजुरामा यो वर्ष मुद्धा दर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा दर्ताको संख्या बढी भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । यो वर्ष १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला न्यायधिस सन्जिव पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । गएको वर्षको तुलनामा […]
नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराकाे गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्मर ३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन । बाेहराकाे मंगलबार विहान घर नजिकैको बागेडाेरा भन्ने जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे स्थानीय देबेन्द्र धामीले बताएका छन् । बाेहरा लामो समयसम्म घर नफर्किएपछि खोजी […]
नागरिक रैबार/बाजुरा ३१ असार।स्थानीय उत्पादनमा आधारित विदालय दिवा खाजा कार्यक्रम बाजुराबाट बाहिरिएको छ । गिप्ट नेपाल र मर्सिकोर नेपालको आर्थिक सहयोगमा बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा संचालन भईरहेको उक्त कार्यक्रम जिल्लाबाट बाहिरिएको हो । मंगलबार सदरमुकाम मार्तडीमा गिप्ट नेपालले परियोजनाको जिल्ला स्तरीय सरोकारवाला नियकायसंगको समिक्षा कार्यक्रम एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो परियोजना सकिएको […]
नागरिक रैबार/ बाजुरा ३१ असार। बाजुराका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र गौमुल गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेबाट हाजिर नगर्न आग्रह गरेको छ । आइतवार तिन वटै पालिकाकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत करार सेवाका कर्मचारीलाई हाँजिर नगर्न आग्रह गरेको हो । हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा […]
नागरिक रैबार/बाजुरा ३० असार। बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक सुनुवाइ गर्दै सम्पन्न गरेको हो । नगरपालिकाले आव २०८१/८२ का लागि ५० करोड ३८ लाख २६ हजार ५ सय ५२ रकम अनुमानित बजेट ल्याएको थियो । जस मध्ये ३९ करोड […]
नागरिक रैबार/बाजुरा ३० असार। बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा सोही नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार सोही नगरपालिका ३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले […]
सुदूरपश्चिम प्रदेशको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि मन्दिर पुनर्निर्माणको काम सुरु गरेको थियो। यद्यपि निर्माण लागतबारे कुनै विवरण […]
राजेन्द्र विक बाजुरा,२३ असार। बाजुराको सदरमुकाम मार्तडी नजिकै तुफानडांडामा जिप र अटो एक आपसमा ठोक्किँदा एक महिला घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, से१ ज ६०९ नम्बरको जिप मार्तडीबाट कारागार तर्फ जाँदै गर्दा विपरीत दिशाबाट आएको बडिमालिका नगरपालिका वडा नम्बर-४ ओलेनाका अन्दाजी ३३बर्षिय पदम नाथले चलाएको सु.प.प्र.०१००१ह६४०४नम्बरको अटो एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा […]
नागरिक रैबार/ बाजुरा २१ असार। बाजुराकाे बुढीनन्दा नगरपालिकामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छाेरा विशाल भण्डारी रहेका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती काैसाडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि […]
नागरिक रैबार/बाजुरा १९ असार। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ का लागि बाजुराका २ जना सर्जक तथा गायकलाई सम्मानित गर्ने भएको छ । नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट सर्जक राजेन्द्र शाह विपि र […]
नागरिक रैबार/बाजुरा १९ असार।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका मुख्य ठाउँमा सिसि क्यामरा जडान गरेको छ । बजार क्षेत्रमा हुने विभिन्न किसिमका अपराधिक घटना, अनैतिक क्रियाकलाप र चोरी डकैति जस्ता क्रियाकलापहरुलाई नियन्त्रण र निगरानी गर्नका लागि सिसि क्यामरा जडान गरिएको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् । मार्तडी बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई […]
नागरिक रैबार/बाजुरा १५ असार।बाजुरा जिल्लामा व्यवसायीक रुपमा कृषि पेशामा लागेका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार सहित सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले राष्ट्रिय धान दिवसको अवसर पारेर जिल्लाका ३ उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बाजुराका ३ जना […]