होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराः बाजुरामा जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।जिल्ला अदालत बाजुराको मिति २०८० मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दामा ५० हजार जरिवाना तोकिएपछि फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका–७ लामागडा बस्ने ५५ वर्षीय रंगलाल पाध्या पक्राउ परेका हुन्। पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बुढिगंगा […]
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा उक्त प्रतियोगिता आजबाट सूरु भएको हाे । प्रतियोगितामा पालिकाभरका ६ वटा माध्यमिक विद्यालयहरु सहभागीता भएका छन् । प्रतियोगिता वडा नम्बर ४ वाईमा रहेको स्वामीकार्तिक माध्यमिक विद्यालयमा सञ्चालन भएको छ । रनिङ […]
नागरिक रैबार/बाजुरा २४ पुस । बाजुरामा भालुकाे आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावत रहेका छन् । उनलाई मंगलबार हिजो दिउँसो गाइवस्तुका लागि स्याउला बटुल्ने क्रममा खप्तड राष्ट्रिय निकुज्ज नजिकै रहेकाे जंगलमा भालुले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय प्रसारण लाइन अन्तरगत दिपायल-साँफे बगर ३३ केभिको विजुलीको तार चुटिएपछि मंगलबार रातिदेखि अछाम र बाजुरा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार राति डोटी जिल्लाको उडितोलामा रुख ढलेर तार चुँडिएपछी बाजुरा र अछाम जिल्लाको विद्तयुत सेवा अवरुद्ध भएकाे हो । तार चुटिएपछी अछाम तथा बाजुरा जिल्ला भर मंगलवार रातिदेखि […]
नागरिक रैबार/बाजुरा २२ पुस । बाजुराको बडीमालिका नगरपालिका २ घागरका बाढीपीडितले चार वर्षवितिसक्दा पनि राज्यबाट राहत पाउन सकेका छैनन् । २०७७ साउन २५ गते राति एकजनाको ज्यान जानेगरी बुढीगंगा नदीमा आएको बाढीबाट पीडित बनेका परिवारले चार वर्ष वितेको भएपनि राहत पाउन नसकेका हुन् । बुढीगंगा नदीमा आएको बाढीले बडीमालिका नगरपालिका २, ४ र ६ नम्वर […]
नागरिक रैबार/बाजुरा २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र […]
नागरिक रैबार/बाजुरा २१ पुस। बाजुराकाे गाैमुल गाउँपालिकामा स्मार्ट हेल्थ सेवा सूरु भएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट नि:शुल्क सेवा दिने गरी स्मार्ट हेल्थ सेवा सूरु गरिएको गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् । गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोवल परियोजनासंग सहकार्य गरी पालिकाभरिका नागरिकहरुको स्वास्थ्य सुधार गर्ने लक्ष्यका साथ सो सेवा […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा ‘शी लिड्स आइकन’ मा उत्कृष्ट घोषित भएकी छन् । देशभरका महिला जनप्रतिनिधिको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै उपाध्यक्ष थापा ‘शी लिड्स आइकन अवार्ड’मा उत्कृष्ट घोषित भएकी हुन् । आयोजक संस्था शी लिड्स आइकन (कल्प) ले शुक्रबार प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको खप्तड क्षेडेदह गाउँपालिकाले चार महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । गएको असोज ८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको खप्तड छेडेदहमा करिव चार महिनापछि पालिकामै कार्यरत रहेका नन्द बहादुर रावतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ […]
बाजुरा। बाजुरामा लैङ्गिकतामा आधारित हिंसालाई न्युनिकरण गर्न जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र युएनएफपिएको आर्थिक सहयोगमा उक्त छलफल बिहिबार मार्तडीमा सम्पन्न भएको हो । जिल्लामा संचालन भईरहेको सुरक्षित आवास गृहमा आउने हिंसापिडित महिलाका लागि आगामी दिनमा के कसरी संचालन गर्ने भन्ने बारे जिल्लाका ९ […]
नागरिक रैबार/बाजुरा १६ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आज पुस १६ गते शोक विदा दिएको छ । पुस ११ गते कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका मार्तडी स्वास्थ्य चौकी चुथीका प्रमुख जनस्वास्थ्य अधिकृत धर्मराज खत्रीको सम्झनामा पुस १६ गते एक दिन शोक विदा दिएको हो । नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको दुर्घटनामा परी अकल्पनीय निधनले नगरपालिका […]
नागरिक रैबार/बाजुरा १५ पुस। बाजुराको बडीमालिका नगरपालिका- ७ का ३० वर्षिया स्वास्थ्यकर्मी धर्म खत्रीको मृत्यु भएको ५ दिनपछि आज अन्त्येष्टि गरिएको छ । पुस ११ गते कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका मार्तडी स्वास्थ्य चौकी चुथीका प्रमुख जनस्वास्थ्य अधिकृत रहेका खत्रीको आज सोमबार हिन्दुपरम्परा अनुसार गाउँमै अन्तेष्टि गरिएको हो । घटना भएको दिनदेखि धनगढीको सेति […]
नागरिक रैबार/बाजुुरा १५ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा ११ पुस ।मोटरसाईकलकाे ठक्करबाट बाजुराका धर्म खत्रीको धनगढीमा मृत्यु भएको छ । बडीमालिका नगरपालिका– ७ घर भई हाल मार्तडी स्वास्थ्य चौकी चुथिमा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत रहेका अन्दाजि ३० वर्षका खत्रीलाई धनगढीकाे चटकपुर नजिकै विपरित दिसाबाट आएकाे माेटरसाईलले ठक्कर दिएपछि मृत्यु भएको हो । पाँच दिन अगाडि तालिमकाे सिलसिलामा धनगढीमा गएका खत्री ७ […]
नागरिक रैबार/बाजुरा ११ पुस । बाजुराको बुढीनन्दा नगरपालिकाका सवै स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम संचालन हुने साझेदारी हस्ताक्षर गरिएको छ । बुधबार नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहरा र स्मार्ट हेल्थ कार्यक्रमका सिनियर प्रवन्धक दिपिका खत्री विच साझेदारी गर्नका लागि पत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाका स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम संचालन गर्नका लागि संस्था र […]
नागरिक रैबार/बाजुरा ९ पुस। सोमबार रातिदेखि बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । जिल्लाकाे पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदहका उच्च लेकाली भेगमा हिमपात भएको हाे। वर्षासंगै बादल लागेपछि सदरमुकाम मार्तडीमा जाडो बढेको छ । भने करिव २ सातापछि वर्षा भएपछि […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराको बुढीगंगा नगरपालिका-४ मा अवस्थित बानेगाउँमा लिफ्ट सिंचाई योजनाको समुद्धघाटन् गरिएको छ । सोमबार बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बानेगाउँमा निर्माण गरिएको लिफ्ट सिंचाई योजनाको एक औपचारिक कार्यक्रमका विच उद्धघाटन् गरेका हुन् । कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा RERAS कार्यक्रमको ९० प्रतिशत र बुढीगंगा नगरपालिकाको १० प्रतिशत लगानीमा बार्जुगाड लघु […]
नागरिक रैबार/बाजुरा ८ पुस। शनिवार विहान ४ बजेर १४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्वर- ५ गोत्री केन्द्र विन्दु भएर गएको भुकम्पबाट प्रभावित परिवारका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापनाका कार्यक्रम लागू गरिने भएको छ । सोमबार धनगढीमा बसेको प्रदेश स्तरीय राजनीतिक संयन्त्रको प्रथम बैठकले गोत्रीका भूकम्पबाट प्रभावित परिवारहरुका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ ले मार्तडी बजारमा वडा कार्यालयको एरियाभित्र जथाभावी रुपमा सडकमा सवारी साधानहरु पार्किङ्ग नगरिदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ । वडा कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै वडा नम्वर ८ अन्तरगत हिलटप होटल देखि डिआर मष्ट, पाल्त बसपार्क, वन कार्यालय, लोकतान्त्रिक चोक, खुलामंच सम्मको मार्तडी […]
नागरिक रैबार/बाजुरा ७ पुस। बाजुराकाे मार्तडी-काेल्टी सडक खण्डमा रहेका घरहरू हटाउने काम सुरू गरिएको छ । मार्तडी काेल्टी सडक खण्ड अन्तरगत बुढीनन्दा नगरपालिका वडा नम्वर -१० काे पाण्डुसेन बजारमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालिएकाे हाे । आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराकाे नेतृत्वमा सडक निर्माण कम्पनि, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष शाह, वडा नम्बर […]