होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, फाल्गुन ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गाैमुल गाउँपालिकामा स्मार्ट हेल्थ सेवा सूरु
Breaking News

गाैमुल गाउँपालिकामा स्मार्ट हेल्थ सेवा सूरु

  • नागरिक रैबार
गाैमुल गाउँपालिकामा स्मार्ट हेल्थ सेवा सूरु

नागरिक रैबार/बाजुरा २१ पुस। बाजुराकाे गाैमुल गाउँपालिकामा स्मार्ट हेल्थ सेवा सूरु भएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट नि:शुल्क सेवा दिने गरी स्मार्ट हेल्थ सेवा सूरु गरिएको गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् ।

गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोवल परियोजनासंग सहकार्य गरी पालिकाभरिका नागरिकहरुको स्वास्थ्य सुधार गर्ने लक्ष्यका साथ सो सेवा सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष रोकायाको भनाई छ ।

गाउँपालिकाका ७ वटा स्वास्थ्य संस्थामा कार्यरत रहेका स्वास्थ्यकर्मी र स्वयंमसेविकालाई टेलिहेल्थ अर्थात स्मार्ट हेल्थ ग्लोवल परियोजनाका बरिष्ठ प्रबन्धक दिपीका श्रेष्ठको टोलीले तालिम प्रदान गरेको थियो ।

विज्ञापन

स्मार्ट हेल्थ कार्यक्रम अन्र्तगत विभिन्न समस्याका बावजुत रोग पालेर बसिरहेका समुदायका मानिसहरुलाई टेलि हेल्थ एप मार्फत विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध हुनेछ ।

टेलि हेल्थ मार्फत दिर्घरोगी, नसा तथा हाडजोर्नी, मधुमेह, उच्च रक्तचाप, गर्भवस्थाका समस्या लगायत बिरामको विशषेज्ञ डाक्टरबाट परामर्शका साथै उपचार सेवा लिन सकिनेछ । स्वास्थ्य चौकीमा आएका बिरामीहरुको अवस्थाको बारेमा स्वास्थ्यकर्मीले अनलाइनबाट चिकित्सकलाई जानकारी गराउँने र चिकित्सकले दिएको परामर्शको आधारमा स्वास्थ्य संस्थाले निःशुल्क रुपमा औषधी उपलब्ध गराउँने गाउँपालिकाले जनाएकाे छ ।

गौमुलको घट्मुना आधारभूत अस्पताल, अम्लिस आधारभूत स्वास्थ्य केन्द्र, मल्लोदुगून स्वास्थ्य इकाई, दहकोट स्वास्थ्य चौकी, माझपाली स्वास्थ्य केन्द्र, नकराडा आधारभूत स्वास्थ्य केन्द्र, मानाकोट स्वास्थय चौकीबाट स्मार्ट हेल्थ सेवा प्रवाह गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।

स्मार्ट हेल्थ कार्यक्रमले विशेषगरी टेलि हेल्थ ओपिडी सर्भेस(बहिरंग सेवा)अन्तरगत स्वास्थ्य सेवा नपुगेका दुर्गम क्षेत्रका ब्यक्तिहरुलाई टेलि हेल्थ एप मार्फत विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध गर्ने गरेको छ । यो सेवाबाट विशेषगरी ओपिडीमा आएका बिरामीहरु, गर्भवती, बालबालिका बढी लभान्वित हुने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार