होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराकाे बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रमा अव्यवस्थित पार्किङ र सडक छेउछाउमा थुप्रिएको निर्माण सामग्री हटाउन ७ दिने अल्टिमेटम जारी गरेको छ। नगर कार्यपालिकाले २८ गते एक सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवसायीलाई बसपार्क बाहिर सवारी पार्किङ नगर्न निर्देशन दिएको हो। सूचनामा मुख्य राजमार्गलगायत सडक छेउमा राखिएको गिट्टी, बालुवा, ढुंगा, इँटाजस्ता निर्माण सामग्री तुरुन्त हटाउन आग्रह […]
काठमाण्डौं २८ कार्तिक। बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको काठमाण्डौंमा सूरु गरिएको छ । बाजुरा युथ कनेक्टको आयोजनामा उक्त प्रतियोगिता आजबाट काठमाण्डौंमा सुरु गरिएको हो । प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच पुर्व राष्ट्रिय खेलाडी, पुर्व कप्तान अनिल गुरुङ्गले उद्धघाटन् गरेका हुन् । प्रतियोगिता किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा संचालन गरिएको […]
नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले बुधबार मात्र नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । नेकपा एमालेमा विगत १ दशकदेखि केन्द्रीय सदस्य रहेका शाहले एकाएक एमाले छाडेर पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतकाे नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि उनकाे गृह जिल्लाबासी कार्यकर्ता निरास बनेका थिए । बाजुरामा नेकपा एमालेकाे तेस्राे वरियतामा रहेका नेता […]
काठमाण्डाैं २७ कार्तिक । राजधानी काठमाण्डौंमा बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ । बाजुरा युथ कनेक्टको आयोजनामा कार्तिक २८ गते शुक्रबारका दिन उक्त प्रतियोगिता काठमाण्डौंमा आयोजना गरिने भएको हो । विहिबार बाजुरा युथ कनेक्टले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त प्रतियोगिता संचालनबारे जानकारी गराएको हो । बाजुरामा स्थाई घर […]
बुढीनन्दा नगरपालिकाको आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा बाजुराको कोल्टी आधारभूत अस्पतालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको तीनदिने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया, र १९ जनाको नाक, कान र घाँटी (ENT) […]
मदन विक-सूचना र सञ्चारमा सहजता पुग्न सके मात्र विकासको गति तीव्र हुन्छ, २०७९ सालकाे चुनावी घाेषणा पत्रमा लेखेकाे कुरा गाउँगाउँ टोलटोल सम्म पुगेर मतदातासंग नगर प्रमुख रामबहादुर बानियाँले भनेका थिए । हाे आज त्यही सपना अहिले विस्तारै वास्तविकतामा रूपान्तरित हुँदैछ। बुढीगंगा नगरपालिकाकाकाे प्रशासनिक कार्यालयसंगै वडा नम्वर १, ४, ५ र ६ नम्बर वडामा पहिले नै […]
बाजुरा मार्तडी-कोल्टी सडकमा करिव चार महिनापछि बससेवा पुनः सञ्चालनमा आएको छ । बर्षा र पहिरोका गएको असार पहिलो सातादेखि अवरुद्ध भएको बस सेवा मंगलबारदेखि पुनः संचालनमा आएको हो। मार्तडीबाट महाकाली यातायात प्रालिको बस मंगलवार कोल्टीका लागि छुटेको छ। सडकका खसेको पहिरोलाई पन्छाएर सडक मर्मत गरेसंगै मार्तडी कोल्टी बस सेवा नियमित संचालन भएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख […]
चाडपर्वलाई लक्षित गर्दै बाजुराको गौमुल गाउँपालिकामा पनि सहुलियत दरमा चामल बिक्री सुरु गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडीले गाउँपालिकाको समन्वयमा गाउँमै चामल बिक्री वितरण थालेको हो। यसअघि स्थानीयहरूलाई सहुलियत दरको चामल लिन मार्तडीसम्म आउनुपर्ने बाध्यता थियो। अब गाउँमै बिक्री सुरु भएपछि नागरिकलाई सहज भएको छ। गाउँपालिकाकी उपाध्यक्ष सीता थापाका अनुसार, […]
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। नेविसंघको केन्द्रीय सर्कुलरअनुसार बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलमार्फत अन्तरिम सरकारलाई सरकारी संरचना र नेताहरूको घर जलाउने तथा ध्वस्त पार्नेहरूविरुद्ध कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक […]
बाजुराको बुढीगंगा नगरपालिकाले पालिकामा कार्यरत करार, ज्यालादारी र अस्थायी रूपमा कार्यरत कर्मचारीहरूको करार अवधि थप नगर्ने निर्णय गरेको छ । नगरपालिकामा बिहीबार बसेको ४९औं कार्यपालिका बैठकले हाल कार्यरत करिब एक सयभन्दा बढी अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि काममा नलगाउने निर्णय गरेको नगरप्रवक्ता हेरमाराज जैशीले जानकारी दिएका छन् । संघीय तथा प्रदेश सरकारले जारी गरेको ऐनअनुसार […]
हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुराको जगन्नाथ गाउँपालिका–३, बेर्मा नजिकैको भलिया बगरमा दुर्घटनामा परेको छ। हुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरकाे बस बिहिवार दिउसाे दुर्घटनामा परेकाे हाे । घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगुका १८ वर्षीय विशाल बिक, दैलेखकी दिपा सोनाम, र ४५ वर्षीया प्रेमकला दमाई […]
प्रधानमन्त्री शुसिला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्न लागेकी हुन् । बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ। पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । उनले […]
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २२ देखि २६ गतेसम्म मालिका माध्यमिक विद्यालय मार्तडीमा हुन लागेको हो । बाजुरा कप २०८२” नामक ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले […]
मदन विक/बाजुरा १८ असोज । बाजुराका एक युवकको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ४ रिला घर भएका अन्दाजी वर्ष २८ का नरेन्द्र नाथ रहेका छन् । भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित नाथ चढेको ट्याक्सीको टायर बदल्ने क्रममा बिपरित दिसाबाट आएको ट्रकले नाथसहितलाई ठक्कर दिदा उनको घटना स्थलमै […]
रुपन्देही जिल्ला शैनामैना नगरपालिका–६ मायापथ सुन्दरवस्तीकी सिता मरासिनी बाजुराबाट विगत ८ दिनदेखि बेपत्ता भएकी छन्। करीब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका–२ छुदरीस्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीका अनुसार विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। […]
सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला’ को सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको छ । २०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई दशकपछि सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको हो । गायक थापाको स्वरमा पहेँली धानका बाला गीत तेस्रो एल्वमका […]
राजेन्द्र विक। बर्षा सुरु भएदेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक खण्ड करिब ३ महिनादेखि सञ्चालनमा आउन सकेको छैन। ४२ किलोमिटर लामो यो सडक ठाउँ–ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको हो। सडक बन्द भएपछि जिल्लाको पूर्वोत्तरी क्षेत्रमा चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प छन्। यसले हुम्ला, मुगु, कालिकोटसँगै बाजुराको पूर्वोत्तरी क्षेत्रका चार पालिकाका स्थानीयलाई आवतजावतमा […]
नागरिक रैबार-बुढीगंगा नदिमा माछा मार्न गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको पाईएको छ । बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताएका छन् । उहाँका अनुसार माछा मार्न गएका महत भिरबाट लडेर बुढिगंगा नदिमा खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको […]
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय […]
नागरिक रैबार/बाजुरा ९ भदौ । बाजुराको बडीमलिका नगरपालिका वडा नम्वर ९ कि २७ वर्षिया मृगौला पीडित रमिला कुमारी विकको उपचारका लागि ३० हजार बढी आर्थिक रकम संकलन भएको छ । विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी मृगौैला पीडित रमिलाको उपचारका लागि ३० हजार ५८ रूपैयाँ संकलन भएको हो । एक हप्ता देखि विर […]