होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ जेठ।बाजुरा जिल्लाका ९ मध्ये ७ वटा पालिकामा मतदान भएको ४८ घण्टा वितिसक्दा पनि मतगण्ना हुन सकेको छैन् । बुढींगगा र बुढीनन्दाका केही वडामा मतदानका क्रममा दलहरुविच विवाद भएको थियो भने अन्य पालिकाहरुमा छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको थियो । हिमाली र गौमुल बाहेकका पालिकामा मतदान सम्पन्न भएकै दिन […]
नागरिक रैबार/बाजुरा३१ बैशाख। बडीमालिका नगरपालिकाको मतगणना अनिश्चित भएको छ । हिजो सम्पन्न भएको मतदान पछि बडीमालिका नगपालिका ८ मा एमाले र काँग्रेसका कार्यकर्ताविच दोहोरो झडप भएको थियो । सोही घटनाको विषयलाई लिएर राजनीतिक दलहरुविच असहमति भएपछि बडीमालिका नगरपालिकाको मतगणना कार्य ढिलाई भएको बुझिएको छ । जिल्लाका स्वामीकार्तिक र खप्तड क्षेडेदह गाउँपालिकामा मतगणना भईरहँदा बडीमालिका सहित […]
नागरिक रैबार बाजुरा बैशाख ३० बाजुरा। जिल्लाको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । बुढीगंगा नगरपालिकामा निर्वाचन अधिकृतका रुपमा खटिएका निर्वाचन अधिकृत कृष्ण साप्कोटाले निर्वाचनमा तोकिएको जिम्मेवारीबाट राजिनामा दिएका हुन् । बुढीगंगा नगरपालिकामा आफु असुरक्षित रहेको भन्दै मतदानको दिन अधिकांश मतदान केन्द्रमा तनाव तथा स्वतन्त्र र निष्पक्ष मतदान प्रभावित भएको भन्दै राजिनामा दिएको बुझिएको […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख । मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट हिँडेको लगायतका घटना भएको बाजुराको बुढीगंगा नगरपालिकाका धेरैजसो वडाहरुमा शनिबार बिहानसम्म मतगणना नै अन्योलमा परेको छ । पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकाहरु बुझेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा, सुरक्षा संयन्त्रको स्रोत अनुसार बुढीगंगाका अधिकांश मतदान केन्द्र […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ५ मा रहेको भानुदय माबिको मतदान केन्द्रमा धाँधली हुदा सुरक्षाकर्मीले मतदान केन्द्र छोडेर हिँडेका छन् । मतदान अधिकृत र कर्मचारीहरु भने सोही ठाउँमा मत पेटीका र मतपत्र कुरेर बसीरहेका भए पनि सुरक्षाकर्मी भने त्यहाँबाट भागेको प्रहरीको श्रोतले जनाएको छ ।
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि, जगन्नाथको २ र बुढीगंगाकाे ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
नागरिक रैबार/बाजुरा २८ बैशाख । बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिपत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत […]
नागरिक रैबार/ बाजुरा १९ बैशाख। बाजुराकाे बुढिगंगा नगरपालिकाका निर्वाचन अधिकृत फेरिएका छन् । बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापित बिरामी भएर उपचारमा जानुपर्ने भएका कारण उनकाे सट्टामा कृष्ण प्रसाद साप्काेटा आएका छन । बुढिगगा नगरपालिका निर्वाचन अधिकृत स्थापीत बिरामी भएर बाहिर जानुपर्ने अवस्था भएकाले अर्काे निर्वाचन अधिकृत फेरिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् […]
नागरिक रैबार/बाजुरा १५ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ । युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाका दलित समुदायका ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने भएको छ […]
बाजुरा : नेकपा एमाले बुढीगंगा नगर कमिटीले स्थानीय तह निर्वाचनमा युवा अनुहारलाई प्राथमिकता दिएको छ । पालिका प्रमुख उपप्रमुख देखि वडा अध्यक्ष सदस्यसम्म सबैजसो युवा अनुहार नै देखिएका छन् । पालिका प्रमुखमा रामबहादुर बाँनीया र उपप्रमुखमा माया कुँवरलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा झिनो मत अन्तरले काँग्रेस उम्मेदवारसँग पराजित बाँनीया र कुँवर दुबै जनालाई […]
बाजुरा — नेकपा एमाले बुढीगंगा नगरपालिका कमिटीले स्थानीय तह निर्वाचन २०७९ को चुनावी प्रतिवद्वता सार्वजनिक गरेको छ । शिक्षा स्वास्थ्य सडक र सिचाई बिकासका पूर्बाधार जल जमिन जंगल र कृर्षी बुढीगंगा समृद्धीका आधार भन्ने मुल नाराका साथ एमाले बुढीगंगा नगर कमिटीले आफ्नो चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेको हो । यस्तो छ प्रतिबद्धता पत्र पूणर् पाठ […]
बाजुराका नौ वटा पालिकाका लागि ७८४ जनाको उम्मेदवारी परेको छ । नौ वटा स्थानीय तहका ३ सय ६३ पदका लागि प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ७८४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले बताएको छ । ४ जना नगर प्रमुख, ४ जना उपप्रमुख, ५ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, ६९ जना […]
नागरिक रैबार/ बाजुरा १३ बैशाख। बाजुराको बुढीगंगा नगरपालिका–७ का ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय युवक देवेन्द्रबहादुर लुहार उर्फ देवेन्द्र विकलाई नियन्त्रणमा लिएको छ। सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। २०७८ फागुन १६ मा भारतमा चौकीदारी गरेर बसेका लुहारको राति […]
नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुरामा नेकपा एमाले पालिका प्रमुख र उप-प्रमुखको टुंगो लाग्यो नेकपा एमाले बाजुराले जिल्लाका ९ वटैै स्थानिय तहका प्रमुख, उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको टुगोँ लगाएको छ । नेकपा एमाले बाजुराले जिल्लामा प्रमुख र उप-प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सबैलाई मिलार उम्मेदवारी टुंगो लगाएको नेकपा एमाले बाजुराका प्रचार,प्रसार प्रमुख काँसी विकले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शसत्र प्रहरी बल नेपालको आयोजना र महान्याधिवक्ताको कार्यालय काठमाण्डौंको सहयोगमा उक्त शिविर आजबाट बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको हो । शिविरको एक कार्यक्रमका विच महान्याधिवक्ता खम्मबहादुर खातिले उद्धघाटन् गरेका हुन् । आजबाट ३ दिनसम्म संचालन हुने […]