होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धादिङ – त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। त्रिशूली नदिबाट थप दुई जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार १६ जनाको सकुशल उद्दार गरिएको हो। अझैं २५ जना हराइरहेको उनले बताए। बेपत्तहरुको खोजी कार्य जारी रहेको उनको भनाई छ। शुक्रबार बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ […]
काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ । युनियनका केन्दीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले […]
काठमाडौं ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठनको रूपमा स्थापित गर्ने बताएका छन् । बिहीबार पूर्वप्रहरी संगठनका पदाधिकारीसँग प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा खनालले प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठनको रूपमा स्थापित गर्ने बताएका हुन् । उनले पूर्वप्रहरी संगठनका पदाधिकारीलाई नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै […]
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित त्रिशूली नदीमा खसेर दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएकाे थियाे । जसमा ३ जनाको मृत्यु भइसकेको छ भने १६ जनाको उद्धार गरिएको छ । दर्जनभन्दा […]
काठमाडौं, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सल्यान जिविसका स्थानीय विकास अधिकारी पेशल पोखरेलसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सल्यानको साविक काप्रेचौर गाविस–७ घुइयावारीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । साविक जिल्ला विकास समितिको […]
उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन रोजेका १२० निजामति कर्मचारी बेवारिसे बनेका छन् । गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारलिाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् । समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरुले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे । कर्मचारीले […]
नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ । ‘मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हदमध्ये जो पहिला पुग्छ सोही आधारमा अनिवार्य अवकास दिनेगरी बोर्ड […]
२४ साउन, काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो । […]
नागरिक रैबार/ बाजुरा २२ साउन। बाजुरा जिल्लाको लोक देउडा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तीन जना चर्चित देउडाहस्तीहरु सम्मानित भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराको आयोजनामा मगलबार भएको तेस्रो जिल्ला अधिवेशन तथा वृहत साँस्कृतिक कार्यक्रममा चर्चित देउडीया सुना विक, कला विक र गंगा दमाईलाई एकसाथ सम्मानित गरिएको हो […]
नागरिक रैबार/ बाजुरा २२ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा जिल्ला कार्यसमितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा सर्वसम्मत चुनिएका छन् । समितिको तेस्रो जिल्ला अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । प्रतिष्ठानका केन्द्रीय महिला सचिव राधिका हमाल, केन्द्रिय प्रतिनिधि विनोद बाजुराली लगायतको आतिथ्यतामा भएको अधिवेशनले प्रथम उपाध्यक्ष विष्णु धामी, […]
२१ साउन, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको दर ८ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार दैनिक सरदर १६ जनाले अप्राकृतिक मृत्युको बाटो रोज्ने गरेका छन् । प्रहरीमा दर्ता मुद्दाको विवरण हेर्ने हो भने ज्यान मुद्दापछि सबैभन्दा बढी आत्महत्या भएको […]
नागरिक रैबार/ बाजुरा २१ साउन। बाजुरामा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कोल्टी बाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरीको टोलीले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ६ खरकाँडा भन्ने स्थानबाट सोही वडाका विप्लव समूहका २३ वर्षिया लालबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका […]
रमित वि.क./बाजुरा १९ साउन। गौमुल गाउँपालिकाको वडा नं. ६ शान्तिटोलमा पहिरोमा परेर पीडित बनेका परिवारहरुलाई गौमुल १ अन्द«ाडी र अम्लिसका युवाहरुले आर्थिक सहयोग गरेका छन् । गत विहिबार घर माथिबाट आएकोे पहिरो बाट पीडित बनेका परिवारलाई १६ हजार आर्थिक रकम राहत स्वरुप सहयोग गरेका हुन् । सानो रकम भएपनि पहिरो पीडितको घाउमा मलम लगाउनका लागि […]
नागरिक रैबार/बाजुरा १९ साउन । बडीमालिका नगरपलिका वडा नं ९ का महिलाहरुको घरेलु मदिरा नियन्त्रण अभियानमा मदिरा उत्पादन गर्ने महिलाहरु पनि सक्रिय रुपमा लाग्ने भएका छन् । सदरमुकाम मार्तडी बजारमा घरेलु मदिरा सप्लाई गर्ने केन्द्रको रुपमा चिनिने बाउलीका जनजाति महिलाहरुले यस अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । अबैध मदिरा अन्य समुदायका मानिसहरुले पनि उत्पादन गर्ने […]
धर्मराज सुनार/बाजुरा १९ साउन । बाजुराको हिमाली गाउँपालिका वडा नं १ कि १६ वर्षिया किशोरी बासमति भण्डारीको २ महिना १० दिन पछि वेवारिसे अवस्थामा शव फेला परेको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि विच्छ्या माध्यामिक विद्यालय बाट खेलमा सहभागी भएकी बासमति भण्डारी जेष्ठ महिनाको ७ गते बाट बेपत्ता भएकि थिईन् । किसोरी भण्डारीको शनिबार […]
काठमाडौं, साउन १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको […]
प्रमित वि.क./बाजुरा १७ साउन। बाजुराको गौमुल गाउँपालिका वडा नंं. ६ शान्ति टोल शोकमा डुवेको छ । विहिवार राति परेको अविरल वर्षाका कारण शान्ति टोल माथिबाट आएको पहिरोमा पुरिएर २६ वर्षिया निरुता चंदारा र उनकी छोरी ६ वर्षिया नावालिका किस्मिता चंदाराको मृत्यु भएको छ । विहिबार राति करिव २ वजेको समयमा आमा छोरी घरमा सुतिरहेको बेला […]
१७ साउन, काठमाडौं । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । […]
नागरीक रैबार/ बाजुरा, साउन १७। बाजुराको गौमुल गाउँपालिका वडा नं.६ शान्तीटोलमा बिहीबार रातीको अविरल बर्षाका कारण घर माथीबाट पहिरो जदाँ आमा छोरीको मृत्यृ भएको छ । भने एकको अवस्था गम्भीर रहेका छ, मृत्यृ हुनेमा सुके चदाँराकी बुहारी २६ बर्षिया निरुता चदाँरा र उहाँकी छोरी किस्मिता चदाँराको मृत्यृ भएको हो । सुके चदाँराका बुवा १०५ बर्षिया […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुरा जिल्लामा भईरहेका अधिकाँस आपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रणलार्ई मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ । प्रहरीले चलाएको मदिरा नियन्त्रण अभियानलाई बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुले पनि साथ दिने भएका छन् । मदिरा सेवनकै कारण समाजमा विभिन्न हिँसाहरु बढेको भन्दै […]