होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी– कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाईते भएका छन्। गयराती साढे ११ बजेको समयमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ लम्कीबाट विरामी लगेर कोहपलुर जादै गरेको पिपुल्स अस्पतालको से ०१ च १०१० नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका वडा नम्वर ३ गोरुङ्गेमा दुर्घटना हुँदा ४ जना घाईते भएका हुन्। लम्कीचुहा नगरपालिका वडा नम्वर १ […]
पाैष २९ काठमाण्डाै सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्। एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआबद्धता निर्देशिका- २०७६’ चैत २० गतेदेखि लागु हुनेछ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, “त्यसपछि एउटा कम्पनीको […]
नागरिक रैबार/बाजुरा २९ पुस। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको […]
२८ पुस, काठमाडौं । पाँच बुँदे घोषणा पत्र जारी गर्दै क्रियाशील दलित पत्रकार संघ(आड्जोन)को ‘सुदूरपश्चिम सम्मेलन’ सम्पन्न भएको छ । कैलालीको धनगढीमा दुई दिनसम्म चलेको सम्मेलनले प्रत्येक जिल्लामा क्रियाशील पत्रकारहरुलाई संगठित गर्ने, सरकारले संघ, प्रदेश र स्थानीय तहमा बनाउने सञ्चार नीतिहरु समावेशी लोकतन्त्रको मुल्य मान्यता अनुरुप बनाउनका लागि अपिल गर्ने, दलितका मुद्दाहरु बढीभन्दा बढी मिडियामा […]
जाजरकोट पाैष २८ जुनीचाँदे गाउँपालिकाको सबै प्रशासनिक कामकाज सदरमुकाम खलंगाबाटै हुन थालेको छ। पालिकाको केन्द्र विवादका कारण गाउँपालिकाका स्थानीय सदरमुकाम धाउन बाध्य भएका हुन्। केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। तर, अझै फैसला नहुँदा जुनीचाँदेको गाउँको सिंहदरबार सदरमुकाममै अड्किएको हो। गाउँपालिका अध्यक्षलगायत टोलीले पालिकाको केन्द्र जुनीचाँदेको लुहादह तोकेको दाबी गरिरहेका छन्। तर, असन्तुष्ट पक्षले केन्द्र […]
२८ पुस, नागरिक रैबार । जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ । यसैगरी विभिन्न विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म योग विषय […]
काठमाडौं । साता दिन अघि काठमाडौं सुकेधारा आदर्शनगरमा केही दिनसम्म बत्ती नै आएन । समस्या ट्रान्सफर्मरले लोड धानेन । प्राधिकरणले ट्रान्सफर्मर थप्ने स्थान खोज्यो । स्थानीयले आफ्नो घरअगाडि राख्न दिएनन् । प्राधिकरण स्थानीय निकाय गुहार्न बाध्य भयो । सार्वजनिक जग्गामा राख्न खोज्दा पनि सरकारी जग्गा हो–होइन को विवादमै अल्झिएको नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण […]
प्रेम बहादुर विक बाजुराको हाल बुढीगंगा नगरपालिकामा पर्ने तत्कालीन कुल्देवमाण्डौँ स्थित टाँटेबाट जिल्ला सदरमुकाम मार्तडी सरेको केही वर्षमै विजुली बलेको हो, साहेद । त्यतिखेर म त सानै थिए होला । मैले सुन्नमा आएको कुरा । त्यो बेला नै हाम्रा गाउँका बाउबाजेले विजुली बाल्न लागि सकेका थिए रे । केहीले झरो बाले होलान् । केहीले निगाली […]
काठमाडौं- त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ ।त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए । परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ ।‘‘मलाई […]
डोटी अस्पतालका एम्बुलेन्स चालक रतन धामीले दुई महिना अगाडी मात्रै प्रदेश सरकारले बाडेको नयाँ एम्बुलेन्स चलाउने जिम्मेवारी पाए। पूरानो एम्बुलेन्सनमा साढे चार घण्टामा डोटीबाट विरामीलाई धनगढी पुगाउने धामीले नयाँ एम्बुलेन्स पाएपछि अझै छिटो पुगाउन सकिन्छ कि ? भन्ने सोचेका थिए। तर टाटा कम्पनीको ४०७/०३१–४ २१२१ मोडेलको उक्त एम्बुलेन्स (मिनी ट्रक) मा डोटीबाट विरामीलाई धनगढी पुगाउन […]
राजेन्द्र बिक/बाजुरा २४ पुस । सामाजिक अभियान्ता बिरेनद्र थापाले आफ्नो जन्म दिनको अवसरमा दृष्टिविहिन बालबालिकालाई झोला सहयोग गरेको छ । पछिल्लो समय बिबाह,बर्तबन्ध जन्म दिन लगायतका खुशिले मनाइने दिवसहरु साह्रै तडकभडक का साथ पार्टीप्यालेस ,रेस्टुरेन्ट,बार आदिमा मनाउने परम्परा चलिरहेका बेला सामाजिक अभियन्ता तथा बिश्व शिक्षा नेपाल मुगुका फिल्ड अधिकृत बिरेन्द्र थापाले आफ्नो जन्मदिन छायानाथरारा नगरपालिका […]
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानी रहेका पार्टीका जिल्ला सभापतिसँग बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा ‘लन्च मिटिङ’ गरेका छन्। असन्तुष्ट पक्षको आयोजनामा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित तीन दिने भेलामा सहभागी जिल्ला सभापतिसँग परामर्श गर्न देउवाले निवासमै ‘लन्च मिटिङ’ गरेका हुन्। भेलामा सहभागी असन्तुष्ट पक्षका सभापति र राजधानीमा रहेका अन्य सभापति पनि देउवा निवासमा सहभागी […]
इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ ।प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । विमानमा १८० यात्रु र […]
रमित विक/बाजुरा २२ पुस । गौमुल गाउँपालिका घट्मुनाले आफ्नो वडाभरि सरसफाईका सामाग्री वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडामा सरसफाई सामाग्रीहरु वितरण गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । सरसफाईमा स्थानीय जनताको बानी बसाल्न संगै सरसफाईका आवश्यक सामाग्री नियमित प्रयोगमा ल्याउनका लागि थिति बसाल्नका लागि समेत सरसफाईका सामाग्री वितरण गरिएको उहाँले बताउनुभएको छ । […]
नागरिक रैबार/बाजुरा २० पुस। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको जीप बाँधु नजिकैको कालापडा भिरमा दुर्घटनामा परि मृत्यु भएकाहरुको ४ दिनपछि पोष्टमार्टम गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा शव पोष्टमार्टममा ढिलाई भएको थियो । शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल बाजुराबा डाक्टर राजु जैशी नेतृत्वको चिकित्सक टोली झिकाईपछि ४ ओटै शवको […]
सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । अख्तियारका अनुसार पछिल्लो ६ महिनामा […]
नागरिक रैबार/बाजुरा १७ पुस । जिल्लाकाे हिमाली गाँउपालिका ७ बाधुको कालडाँडा भिरमा जप दुर्घटना भएकाे छ । जिप कर्णाली नदिमा खसेको र यात्रु ५ जनाको शब भेटिएको घटना स्थलमा पुगेका तोप बहादुर शाहिले बताउनुभएकाे छ । दुई जना भने घाइते अवस्थामा फेला परेको उनले बताए । जिप कर्णाली नदिमा डुबेकाले उद्धार भइरहेको छ, गाडि नम्बर […]
नागरिक रैबार/ बाजुरा १६ पुस ।गौमुल गाउँपालिकामा बृहत कृषि मेला प्रर्दशनी गरिएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका कृषकहरुलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहन गर्ने उद्देश्यले बुधबार बृहत कृषि मेला प्रर्दशनीको आयोजना गरिएको हो । मेलामा उल्लेख्य स्टलको व्यवस्था गरी किसानको उत्पादनलाई प्रदर्शनमा राखिएको थियो कृषि मेला प्रदर्शनीमा विभिन्न जातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी […]
नागरिक रैबार/ बाजुरा १६ पुस । सुदूर तथा मध्येपश्चिमेलीहरुले मनाउँदै आएको पुस १५ र अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा नागरिक सेवा सरोकार मंचले विपन्न परिवारका २० जना वालवालिकालाई चिसो छल्नका लागि न्यानो लुगा उपहार स्वरुप प्रदान गरेको छ । नागरिक सेवा सरोकार मंचका अध्यक्ष जनेश भण्डारीले हलिया र अन्य दलित वर्गका बालबालिकाहरुका लागि न्यानो […]
काठमाडाैं, १६ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी आज राष्ट्रिय टोपी दिवस मनाइँदै छ । अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउन […]