होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ माघ, काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त […]
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले गत बिहिबार विशेष परिपत्र पठाउँदै माघ १५ गते प्रकाशित हुने मतदाता नामावली सच्याउने कार्यक्रममा सहभागी हुन कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्। निर्वाचन आयोगले माघ १६, १७ र १८ गते मतदाता नामावली सच्याउन सकिने […]
११ माघ, सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए […]
११ माघ, काठमाडौं । विश्वका धेरै मुलुकमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु भइसकेको छ । दर्जनौ मुलुकले खोप ल्याउने योजना बनाइरहेका छन् । यतिबेला विश्वभर नै कोरोना खोपको माग उच्च छ । यसबीच चिनियाँ कम्पनीले निर्माण गरेका खोपको माग पनि विश्वभर बढ्दै गएको छ । अनि चिनियाँ कम्पनीले निर्माण गरेको खोपले पनि विश्वभर […]
११ माघ, काठमाडौं । हामीले हिन्दी फिल्म नायकमा अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं । तर भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको […]
नागरिक रैबार/ बाजुरा ११ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न गरिएको छ । नगर कमिटिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा बडीमालिका नगर कमिटीमा प्रचण्ड-माधवको पक्षमा ५४ जना देखिएका छन् । मार्तडीमा शनिबार सम्पन्न भएको नगरको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्ड-माधवको […]
काठमाण्डाै – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उहाँका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा […]
सिन्धुपाल्चाेक – प्रतिनिधिसभा विघटनपछि ओली समूहबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवराेध गरिएकाे छ । कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आउँदै गरेका तामाङलाई बीचबाटोमै अवरोध गरिएको हाे । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले जानकारी दिए । […]
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको चरणवद्ध आन्दोलन सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै गरेको चरणवद्ध आन्दोलन सम्पन्न भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आगामी कदम कस्तो हुने भन्नेबारे ती दलहरु आन्तरिक छलफलमा जुटेका छन् । यस क्रममा आगामी आन्दोलन संयुक्तरुपमा गर्ने प्रयासस्वरुप दलहरु आन्तरिक […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्टको नाममा कम्युनिष्टलाई नै सिध्याउने काम गरेको आरोप लगाएका छन् । आज बिहान बुटवलका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट पार्टीको अहिलेको व्यवस्थालाई नै सिध्याउने गरी ओलीले क्रियाकलाप गरिरहेको आरोप लगाएका हुन् । नेता ज्ञवालीले केपी ओलीलाई केशरजंग रायमाझीसँग तुलना गर्दै ओलीको कदम […]
काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानले शनिबार १७ नेपालीको शव काठमाडौं ल्याएको हो । शनिबार ल्याइएका शवहरु सम्बन्धित आफन्तहरुलाई बुझाइएको छ । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्याउने गर्दै आएको छ । मृतक परिवारको पीडालाई बुझेर नाफाभन्दा पनि […]
१० माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ । तिलोत्तमा-४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार मध्यान्ह आगलागी भएको हो । आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी […]
जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए । कार्यालयले माघ १५ देखि २१ […]
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका छन्। प्रधानमन्त्री जोनसनले भन्नुभएको छ कि यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा […]
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको संस्थापनइतर समूहले प्रधानमन्त्री केपी ओली समूहसँग केन्द्र र प्रदेशमा गठबन्धन नगर्न दबाब दिएको छ । प्रदेश सरकार गठबन्धनको विषयमा छलफल गर्न देउवाले बोलाएको बैठकमा उनीहरूले ओलीसँगको गठबन्धन आत्मघाती हुने बताएका छन् । प्रदेश १ र वाग्मतीका मुख्यमन्त्रीविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका दुवै समूहको तानातानमा […]
हर रात सपनीमा ऐंठन हुन्छ गाउँमा सायद पहिरो गयो कि –विप्लव प्रतीक सायद होइन । गाउँमा साँच्चिकै पहिरो गएछ विप्लव दाइ । सहरमा तपाईंलाई ऐठन हुँदा, गाउँमा पहिरो गएको अन्दाज गरेजस्तो मात्रै होइन । गाउँमा साँच्चिकै पहिरो गएछ । मेरो बाल्यकाल खसेको त्यो जमिन, पहिरोले बगाएर लगिसकेछ । मैलेजस्तै गाउँभरिका साथीहरूले दिनदिनै टेकी हिँडेको जमिन पहिरोले सोहोरेर लगिसकेछ कता हो […]
धनगढीः नेकपा सुदूरपश्चिम प्रचण्ड–नेपाल समूहको प्रदेश संसदीय दलभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने जिम्मेवारी यतिखेर मुख्यमन्त्री त्रिलोचन भट्टको काँधमा छ। नेकपा विभाजनपछि रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्नेदेखि अन्य असन्तुष्ट पक्षलाई सरकारमा कुनै न कुनै भूमिका दिएर सन्तुलित रुपले व्यवस्थापन गर्ने काम मुख्यमन्त्रीका लागि त्यति सहज भने छैन्। भावनामा बहकिएर हठात मन्त्रीमण्डल विस्तार गर्दा हुने सम्भावित […]
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । पक्राउ पर्नेमा टीकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्बर विष्ट रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।
१० माघ, टीकापुर । सुदूरपश्चिम प्रदेशमा ६ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा […]
१० माघ, काठमाडौं । आज नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको […]