होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१६ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने बढी १ घण्टा भन्दा दिन नसकिने बताए । शुक्रबार संवैधानिक इजलासमा बहस गर्न आएका श्रेष्ठले सुरुमै आफूलाई ५ घण्टा समय दिन माग गरेका हुन् । श्रेष्ठ नेकपा संसदीय दलका प्रमुख सचेतक […]
धनगढीः नेकपाका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार धनगढी आउने भएका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्न उनीहरु दुवै जना धनगढी आइरहेका हुन्। नेकपाले धनगढीको खुलामञ्चमा भेलाको आयोजना गरेको छ। प्रचण्ड–नेपालसहित सभालाई प्रदेश इन्चार्ज भीम रावल लगायतका अन्य नेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा […]
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन् ।व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५० प्रतिशतले कमी आएको छ । यहाँको बगैँचामा […]
१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित […]
चितवन – लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेकी हुन् । घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमानको मृत्यु भएपछि मधु र उहाँका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आएकी […]
जनकपुरधाम– छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बिहीबार छोरीमाथि बलात्कार गरी फरार भएका बाबुलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–५ का भोला यादव रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिले जानकारी दिए । धनुषा घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्दै आएका यादवले मंगलबार काठमाडौस्थित घरमा छोरीलाई […]
धनगढीः डोटीको प्रहरी प्रमुखका रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड एसपी दानबहादुर मल्ल आएका छन्। बिहीबार डोटी पुगेर प्रहरी उपरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन्। डोटीका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डे वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) मा बढुवा भएपछि प्रहरी प्रधान कार्यालयले मल्ललाई डोटी खटाएको हो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसपी मल्लको काज […]
धनगढीः सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको छ।मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ। मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो। नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। […]
१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने […]
जीवन कैला/काेेेेेेल्टी १५ माघ। बाजुराको हिमाली गाउँपालिकाको सातांै गाउँ सभा आजदेखि शुरु भएको छ । गाउँपालिकाको केन्द्र धुलाचांैरमा आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले सभाको उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष मल्लले विकट गाउँपालिकाको रुपमा रहेको हिमाली गाउँपालिकालाई समृद्ध वनाउन जनतामुखि कार्यक्रम सञ्चालन गरीने बताउनुभएको छ । स्थानिय निर्चाचनको […]
नागरिक रैबार/बाजुरा १५ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका नव निर्वाचित अध्यक्ष गगन रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन सत्ता नेपालमा अब धेरै दिन नटेक्ने बताएका छन् । विहिबार सदरमुकाम मार्तडीमा नेकपा बडीमालिका नगर संगठन कमिटीद्धारा आयोजित बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष रावलले भने केपी ओलीले शासन सत्ताको आडमा रहेर देश डुवाउन खोजे नेपाली […]
राजेन्द्र बिक/बाजुरा १५ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ चौराटाकी ३० बर्षिया धना चंदाराको आर्थिक अभावकै कारण उपचारमा समस्या भएको छ । ६ महिना देखि चंदाराका दुवै मृगौलाले काम गर्न छोडेको छ । चंदाराका दुबै मृगौलाको उपचार नेपालका अस्पतालहरुमा सम्भव नभएपछि उनलाई भारतको दिल्ली स्थित .महाराजा अग्रेसन अस्पतालमा उपचाररत रहेकी छन् ।आर्थिक अभावकै कारण […]
कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा ऐनको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी निर्णय गरी संवत् २०७६ को सो […]
काठमाडौं । प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको […]
१५ माघ, बुटवल । प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएकोे बताएका छन् । ओलीको पतन हुनेमा अब कुनै शंका नभएको उनले बताए । बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताए । आफूहरुसामू ओली […]
१५ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाई भइरहेको संवैधानिक इजलासमा नेपाल कम्युनिस्ट पार्टीका सांसदले प्रधानमन्त्रीलाई कसरी दलबाट असहयोग भयो भनी प्रश्न सोधेका छन् । केही दिनअघि न्यायाधीश अनिलकुमार सिन्हाले प्रधानमन्त्रीलाई उनको दलले किन सहयोग गरेन भनी प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफ दिँदै रिट निवेदकसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले इजलासमा कहाँ असहयोग […]
धनगढी: डडेधुराका २ गाउँबीच रहेको खानेपानीको विवाद चरम उत्कर्षमा पुगेको छ। यतिसम्मकी बिहिबार बिहान उक्त विवादमा हात हालाहालसम्म भयो। जिल्लाको भागेश्वर गाउँपालिकामा निर्माणधिन रहेका स्वबीगडा खानेपानी योजनाका विषयमा उक्त कुटपिट भएको हो। गाउँपालिकाको वडा नम्बर ४ का गुदरा र आरकुडा गाउँबीच रहेको विवाद सुल्झ्याउन बोलाइएको बैठकमा हातपात भएको पीडित पक्षले बताएको छ। गुदरा गाउँका चेतराज […]
प्रताप ओली बझाङः बझाङ प्रहरीले युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको हो। उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत […]
१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको […]
१५ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो । शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले […]