होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ माघ। मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था गौमुल गाउँपालिका १ अम्लिसद्धारा संचालित गौमुल कोशेली घरको मार्तडीमा उद्धघाटन् गरिएको छ । कोशेली घरको शुक्रबार एक औपचारिक कार्यक्रमका विच निवर्तमान सांसद लालबहादुर थापाले रिवन काटेर उद्धाटन् गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा गौमुल गाउँपालिका कृषि विकास शाखाको प्रर्वद्धनमा उक्त कोशेली घर मार्तडीमा संचालनमा […]
९ माघ, रामपुर । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पराजित हुनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाए । कसैलाई ओलीले चुनाव गराउँछन् भन्ने लागेको भए त्यो भ्रम मात्र भएको उनले बताए । सर्वोच्च अदालतमा दिएको […]
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’
९ माघ, काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् । गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले […]
सर्लाही : सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दिमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को […]
९ माघ, काठमाडौं । भरतपुर महानगरकी मेयर रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारप्रति पटकपटक व्यक्तिगत प्रहार गरी राजनैतिक हिंसा गरेको आरोप लगाएकी छिन् । बिहीबार प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले बोलेको अनलाइनखबरमा प्रकाशित समाचारमा प्रतिक्रिया लेख्दै मेयर दाहालले गम्भीर आपत्ति जनाएकी […]
९ माघ, बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । […]
काठमाडौँ — भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकुस्थित केन्द्रीय खोप भण्डारमा भण्डार गर्ने क्रममा खोपका सिसी । तस्बिर : इलिट जोशी/ ‘२/३ दिनभित्रै […]
अदालतमा हुने मुद्दामामिलाका क्रममा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइए पनि राष्ट्रपति स्वयंलाई भने विपक्षी बनाउन मिल्दैन । ‘संविधानको पालना र संरक्षणको भूमिकामा रहेको व्यक्ति (राष्ट्रपति) ले गैरसंवैधानिक रूपमा आएको सिफारिस तत्काल कार्यान्वयन गर्न हुँदैनथ्यो,’ अधिवक्ता टीकाराम भट्टराईले बहसका क्रममा भने, ‘विगतका प्रतिनिधिसभा विघटनको अवस्थामा तत्कालीन श्री ५ (राजा) ले पनि छलफल र परामर्श गरेका उदाहरण छन् । राजाले […]
काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मुलपानीबाट गएराति उनलाई पक्रेको हो । हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई […]
धनगढीः सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप भण्डारणका लागि बिहीबार खोप सामाग्री भण्डारण कक्षलाई खाली गरेर तयारी अवस्थामा राखेको छ। संघीय सरकारको निर्देशनबमोजिम भण्डारण कक्षको व्यवस्थापन गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदमबहादुर बिष्टले दिनेशखबरलाई बताए। संघीय सरकारले भारतबाट अनुमदानमा प्राप्त के–कति खोप सुदूरपश्चिमका लागि […]
धनगढी : बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जिल्लाको पुर्चौँडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत ४ सय ५४ जनाले १ सय दिने रोजगारी पाएका छन् । रोजगारी पाएकामध्ये २ सय ९७ महिला र १ सय ५७ जना पुरुष रहेका छन् । छनौट भएकाहरुलाई एक दिने अभिमुखीकरण तालिम दिई […]
९ माघ, जनकपुरधाम । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन […]
चक्र बहादुर अएडी । जिल्लाकै पहिलो धनराशिको महिला तथा पुरुष खुला भलिभव प्रतियोगिता आज बाट त्रिवेणी नगरपालिकामा सुरु भएको छ । विहिवार बाट एक औपचारिक कार्यक्रमका विच त्रिवेणि नगरपालिका वडा नम्वर ७ दम्थामा पानसमा दिप प्रज्वलन उद्धघाटन गरिएको छ । उद्धघाट त्रिवेणी नगरपालिका नगर प्रमुख एवम नेपाली काँग्रेशका बरिष्ठ नेता रामसिंह रावलले उद्धघाटन गर्नु भएको […]
८ माघ, काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयकी सैनिक जवान राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उनी १५ असार २०६९ […]
८ माघ, काठमाडौं । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका भने छैनन् । अहिले घटनास्थलमा १० ओटा दमकल पुगेका छन् र […]
८ माघ, काठमाडौं । पाकिस्तानले मन्ध्यम दुरी क्षमताको मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार दुई हजार ७५० किलोमिटर दुरी क्षमताको साहीन तेस्रो ब्यालेस्टिक मिसलाइल सफलतापूर्वक परीक्षण गरिएको हो । पाकिस्तानका अनुसार यो परीक्षणको अन्तिम बिन्दु अरेबियन सागर थियो । पाकिस्तानको उक्त मिसाइल परीक्षणको अवलोकन पाकिस्तानको ज्वइन्ट चिफ्स अफ कमिटिका अध्यक्षले […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ । विरोधसभा शुरु हुनुअघि राजधानीका […]
८ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । आफ्नो समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले आफ्नो गन्तव्य प्रष्ट भएको बताए । ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने […]