होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ माघ, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५, गड्डाचौकीकी १३ वर्षीया युवतीले टिकटकमा भिडियो बनाइराख्थिन् । कोरोना महामारीपछि विद्यालयले अनलाइन कक्षा पढाउने गरेकाले बुबाले उनलाई स्मार्ट फोन दिएका थिए । पढाइभन्दा टिकटकमा बढी समय दिन थाल्नुलाई परिवारले त्यति रुचाएको थिएन । गत १२ माघको दिउँसो उनी टेबलमा चढेर डोरीमा छुन खोज्दै थिइन् । यो दृश्य कक्षा […]
२५ माघ, काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् । चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको कैलालीका एसपी अनुपम शमशेर जबराले बताए । चौधरीले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ […]
२५ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह गरेका छन् । संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई आउँदो शुक्रबारसम्म बहस सक्न आग्रह गरेका हुन् । आइतबार प्रधानमन्त्रीको […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन् । आइतबार काठानण्डौमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका हुन् । तालिमप्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै उनले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारिता क्षेत्रको […]
नागरिक रैबार/बाजुरा २५ माघ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान सहकारी संस्था लिमिटेडको अव आफ्नै भवन निर्माण गरिने भएको छ । वि.सं. २०७२ साल साउन १७ गते स्थापना भएको सहकारी स्थापनाको सुरुवात देखि नै भाडामा कार्यालय संचालन गरिदै आएको थियो । सहकारीको भवन निर्माणका लागि आईतबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले सिलान्यास गर्नुभएको थियो […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले माघ २८ गते काठमाडौँमा गर्ने जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न सम्पूर्ण जनसमुदायलाई अपील गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत उक्त दिन प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोधसभामा सहभागी बन्न अपील गरेका हुन् । अपीलमा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने […]
हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् […]
२५ माघ, बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका छन् । ओली समूहका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । […]
२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे । बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् […]
नागरिक रैबार/बाजुरा २५ माघ । गत पुस ५ गते नेपालको संविधानको ठाडो उलंघन गरि असंवैधानिक अलोकतान्त्रिक एंव स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै अनेमसंघ बाजुरा संघर्ष समितिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । प्रचण्ड-माधव समुहको अखिल नेपाल महिला सघं बाजुरा संघर्ष समितिले आइतबार बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैर्हे मार्फत प्रधानमन्त्रीलाई […]
२५ माघ, काठमाडौं । २०७६ चैतदेखि बन्द भएका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरूले माघ पहिलो साताबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थाले । अनलाइन कक्षा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीको हकमा प्रभावकारी नदेखिएपछि केही अभिभावककै दबाबका कारण प्राथमिक तहमा अध्यापन गराउने धेरै विद्यालयमा नियमित कक्षा सुरु भएको हो । सम्भावित जोखिमको जिम्मेवारी अभिभावकले नै लिनेगरी […]
२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीय भागरथी भट्टका हत्यारालाई पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका हुन् । सरकारले नै अपराधीको संरक्षण गरेकोले हत्यारा र बलात्कारका घटना दोहोरिएको आरोप […]
२५ माघ, काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् । सरकारी वकिलहरुलाई बहस गर्न आजबाट १५ मिनेटको समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ मिनेट समय निर्धारण गरिएको सुरुमै स्मरण गराएका छन् । संसद […]
काठमाडौँ । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको स्थानको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी घटनास्थलतर्फ गएका छन् । प्रहरी स्रोतका अनुसार भागीरथीको हत्या अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरिएको छ […]
काठमाडौँ — मधेसका एजेन्डाप्रति ‘अनुदार’ छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार नारायणहिटी अघिल्तिर आयोजित सभामा मधेसकै एक नेताले २१ औं शताब्दीको बुद्धको उपमा दिए । प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध चौतर्फी विरोध भइरहेका बेला नेता सत्यनारायण मण्डलले उनलाई त्यस्तो उपमा दिएका हुन् । मण्डल तिनै नेता हुन्, जो संविधान जारी भएपछि बनेको ओली नेतृत्वको सरकारमा […]
धनगढीः बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने बुवा अझै नियन्त्रणमा आएका छैनन्। आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरा अझै नियन्त्रण बाहिर रहेका हुन्। उनले शनिबार साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर आफ्नी २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी […]
काठमाडौं — कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियानको दोस्रो चरणमा पत्रकार र कूटनीतिक नियोग कर्मचारीहरूलाई दिइने भएको छ । पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै दोस्र्रो चरणमा पत्रकार, कूटनीतिक नियोगका कर्मचारी सोमबारदेखि खोप दिने सरकारले निर्णय गरेको हो । सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । ४ लाख ३० हजारलाई […]
बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे । यस्तै यही माघ १७ गते नेकपाको पनौती […]
धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ। एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनकाअनुसार बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी […]
२४ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र […]