होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा दैनिक अघोषित लोडसेडिङ, प्राधिकरण भन्छ, ‘मर्मत सम्भारले हो’
प्रदेश ७

सुदूरपश्चिममा दैनिक अघोषित लोडसेडिङ, प्राधिकरण भन्छ, ‘मर्मत सम्भारले हो’

  • नागरिक रैबार
सुदूरपश्चिममा दैनिक अघोषित लोडसेडिङ, प्राधिकरण भन्छ, ‘मर्मत सम्भारले हो’

धनगढीः कैलालीसहित सुदूरपश्चिममा दैनिकजसो अघोषित लोडसेडिङ हुन थालेपछि सेवाग्राही हैरान भएका छन्।

प्रदेशको अस्थायी राजधानी धनगढीमा विगतदेखि नै विद्युत कटौती हुने गरेको गुनासाकाबीच पहाडी जिल्लामा समेत अघोषित लोडसेडिङ हुन थालेपछि सास्ती खेप्नुपरेको हो। तर नेपाल विद्युत प्राधिकरणले भने मर्मत सम्भारको कारण विद्युत कटौती गर्नु परेको बताएको छ।

सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय प्रसारण लाइनको विद्युत नै पटक–पटक अवरुद्ध हुने गरेको पाइएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीसँगै पहाडी जिल्लाहरुमा विना सूचना विद्युत कटौती हुँदै आएको हो। पहाडी जिल्लामा प्रतिकुल मौसम भएको दिनमा विद्युत पूर्ण रुपमा अवरुद्ध हुने गरेको अछामका चन्द्र भाटले बताए।

विज्ञापन

उनले भने, “विद्युत नगएको दिन हुँदैन्। कहिले आधा, कहिले एक घण्टा मात्र जान्छ। मौसम प्रतिकुल भएको दिन त दिनै भरि पनि जाने गरेको छ।”

दिउँसो र रातिको समयमा समेत विद्युत आउने जाने हुन थालेपछि समस्या भइरहेको प्रदेशबासीले बताएका छन्। लोडसेडिङको तालिका नभएपनि विभिन्न बहानामा अघोषित लोडसेडिङ गर्ने क्रम बढेको गुनासो बढेको छ। तर नेपाल विद्युत प्राधिकरण अत्तरियाले मागअनुसारको विद्युत आपुर्ति भइरहे पनि लाइनमा आउने खराबीका कारण विद्युत कटौती गर्नूपर्ने अवस्था बाहेक लोडसेडिङ नरहेको दाबी गरेको छ।

नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रमुख जगदिश जोशीले आधा–एक घण्टा विद्युत अवरुद्द हुने बारेमा सूचना सार्वजनिक नगरिने गरेको बताए। उनका अनुसार १ घण्टा बढी लामो समयसम्म विद्युत कटौती गर्ने भएपछि मात्र सूचना सार्वजनिक गर्दै आइएको छ।

सुदूरपश्चिम प्रदेशमा दैनिक ५५ मेगावाट विद्युत खपत हुँदै आएको छ। ३० मेगावटको चमेलिया, १८ मेगावाटको अपि र ८० मेगावाट विद्युत भारतको टनकपुरबाट ल्याइएको छ। तर अपिबाट अहिले ८ मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको छ। उक्त विद्युत सुदूरपश्चिम प्रदेश र कोहलपुरसम्म वितरण गरिएको जोशीले बताए।

“हामीसँग विद्युतको क्षमता कम भएर विद्युत गएको हैन्। मर्मका लागि कहिले काही जाने हो,” उनले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार