होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाको साइनबोर्ड हटाएर धमाधम एमालेको राखिँदै
समाचार

नेकपाको साइनबोर्ड हटाएर धमाधम एमालेको राखिँदै

  • नागरिक रैबार
नेकपाको साइनबोर्ड हटाएर धमाधम एमालेको राखिँदै

काठमाडौँ– नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा एमाले ब्यूँताउन लागिपरेको छ ।

सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो ।

विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्न थालिएको छ । मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखिएको हो ।

विज्ञापन

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ नेकपाका नेताहरू दुई खेमामा विभाजित भएका थिए ।

ओली पक्ष र प्रचण्ड-माधव पक्षले आफ्नो समूहलाई नेकपाको आधिकारिक पार्टी भएको दावी गर्दै आएको अवस्थामा आइतबार सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो ।

त्यसपछि उत्साही देखिएको ओली पक्षले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको र २०७५ जेठ २ गतेको अवस्थामा पुगेको टिप्पणी गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै