होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताए । मन्त्री त्रिपाठीले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’ कमिसनका कारण […]
२८ वैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको मंगलबार भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल […]
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । स्वाब रिपोर्ट नेगेटिभ […]
काठमाण्डाै – अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो सङ्कट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको ज्यान गएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले आउँदा दिनमा अझै ठूलो समस्या आउने चेतावनी दिएका हुन् । अक्सिजन […]
कैलाली । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्येष्टि गर्नुपरेको थियो । करीब एक हप्तादेखि भजनी अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान ३ बजेतिर मृत्यु भएको थियो […]
काठमाडौं । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख […]
२८ बैशाख बाजुरा । बाजुरामा कोरोना संक्रमितहरुका लागि अत्यावश्यक भेन्टिलेटर, आइसीयू र अक्सिजन अभाव देखिएको छ। उक्त प्रविधि नहुँदा एक जना संक्रमितले ज्यान समेत गुमाइसकेका छन्। अहिले कोरोना संक्रिमितले जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्ष भरिँदै गएको छ। अस्पतालमा उपचाररत दुई जनाको सोमबार बिहान मृत्यु भएको छ।तर भेन्टिेलटर र आइसियू व्यवस्थापनमा जिल्ला संकट व्यवस्थापन समितिले […]
काठमाडौं। प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले […]
२८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ । दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । […]
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले आजै कांग्रेसको बैठक बस्न लागेको […]
काठमाडौं । राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान भएअनुसार दलहरु संसदीय अंकगणितको लेखाजोखा गर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्न नसके पनि नयाँ सरकार गठनका लागि बहुमत जुटाउन दलहरुलाई पनि सहज देखिँदैन । प्रतिनिधिसभाको तत्काल कायम सदस्य संख्या २७१ हो । नेकपा माओवादी केन्द्रका […]
२८ वैशाख, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पूर्वका छन् । भेरी अस्पताल […]
२७ वैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
वैशाख २०७८, सोमबार ENGLISH होमपेज / राष्ट्रपतिलाई तीन दलको आग्रह : बहुमतको सरकार गठनका लागि आह्वान होस् अनलाइनखबर २०७८ वैशाख २७ गते १८:२७ मा प्रकाशित 2प्रतिक्रिया 909Shares काठमाडौं २७ बैशाख । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा भएलगत्तै कांग्रेस सभापति […]
नेपालको संविधानको धारा १०० को ३ अनुसार अब प्रधानमन्त्री पदमुक्त भएका छन्। उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ। नेपालको संविधान धारा १०० को उपधारा ३ उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका […]
काठमाडौं २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने […]
नागरिक रैबार बाजुरा २६ बैशाख बडीमालिका नगरपालिका ९ की एक वृद्ध महिलाको निधन हुँदा उनका छोराले काजकिरिया गर्न समेत पाएनन् । बडीमालिका ९ माझ गाउँघर भएकी अन्दाजि ६५ वर्षीय वृद्धको आईतबार निधन भएपछि मृतकका छोराले आमाकोे काज किरिया गर्नबाट समेत वञ्चित भएका हुन् । लामो समयदेखि दमको बिरामी रहेकी वृद्ध महिलाको आईतबार विहान घरमै निधन […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ। पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो। तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका सांसदहरूले […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । सो बैठकपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।
नागरिक रैबार/बाजुरा २६ बैशाख। कोरोनाका कारण मृत्यु भएका बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । कोरोनाका कारण मृत्यु भएका वडा अध्यक्ष विकको शव अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको छ । बडीमालिका नगरपालिकाको समन्वयमा वडा अध्यक्ष विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल […]