होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भाइरल तस्वीरप्रति घनश्याम र रघुजीको आपत्ति
समाचार

भाइरल तस्वीरप्रति घनश्याम र रघुजीको आपत्ति

  • नागरिक रैबार
भाइरल तस्वीरप्रति घनश्याम र रघुजीको आपत्ति

२ जेठ, काठमाडौं । सांसदबाट राजीनामा दिने तयारी स्थगित गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु शुक्रबार साँझ सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुुगे ।

त्यहाँ अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि आए । अरुभन्दा ढिला बैठक हलमा आइपुगेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुबै हात जोड्दै बैठक हलमा प्रवेश गरे ।

 

विज्ञापन

प्रधानमन्त्री आउने बाटोतर्फ आँखा परेका नेताहरु जर्‍याकजुरुक उठेर नमस्कार फर्काए । अर्कोतर्फ बसेका नेताहरुले प्रधानमन्त्री प्रवेश गरेको पछि मात्र थाहा पाए, उनीहरुले पनि नस्कार फर्काए ।

एमालेको दुई पक्ष (ओली र नेपाल)बीच पार्टीभित्र देखिएको विवाद समाधान खोज्न भएको छलफलमा सहभागीमध्ये सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भूसाल र विष्णु रिमाल बायाँतिर थिए भने अन्य नेताहरु दायाँतिर । सार्वजनिक भएको तस्वीरमा नमस्कार फर्काउने क्रममा रिमाल र पाण्डे उठिसकेको र भुसाल र पन्त उठ्दै गर्दाको तस्वीर सार्वजनिक भएको छ ।

तर त्यही तस्वीर सार्वजनिक गरेर गलत प्रचार गरेको भन्दै नेपाल समूहका नेताहरुले चित्त दुखाएका छन् । ‘हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ । समाजमा जान्ने बुझ्ने भनिएकाहरु पनि यस दौडमा देखिनु र त्यहाँको प्रधानमन्त्री कार्यालयका फोटोग्राफर बाहेक अरु कोही नहुनु संयोगमात्र हो वा होइन थाहा भएन,’ एमाले नेता घनश्याम भुसालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेता रघुजी पन्तले पनि यो तस्वीर सार्वजनिक गरेर प्रधानमन्त्री कार्यालयले गलत मनसाय दर्शाउन खोजेको गुनासो गरे ।

छलफल हुने कोठामा प्रधानमन्त्री प्रवेश गरेको देखेर आफू नमस्कार गर्न उठेको पन्तको प्रष्टिकरण छ । ‘जस्तो तस्वीर सार्वजनिक भएको छ, त्यो उठ्दै गर्दाको हो । तर छुद्र सोचका साथ प्रचार गरियो’, पन्त भन्छन् । यस्तो सोचले समस्यालाई थप जटिल बनाउने पन्त बताउँछन् ।

विभाजन नजिक पुगेको एमालेभित्र गएको २७ वैशाखदेखि सहमति जुटाउने प्रयास भइरहेको छ । ओली र नेपाल बीच पार्टीभित्रको समस्या समाधान खोज्ने सहमतिपछि ३१ वैशाखमा दुवै समूहका नेताहरु छलफलमा बसेका थिए ।

उक्त दिनको बैठकले २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गर्नेगरी विवादको समाधान खोज्ने सहमति भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार