बिहिबार, असार १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • नागरिक रैबार
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा- झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षीय श्याम राई रहेका छन् । आज बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न.१ बाट निस्किएको एउटा जंगली हात्तीलाई खेदाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाईते राईको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ६ दिनअघि कमल गाउँपालिका ३ बस्ने ४४ वर्षीय जितबहादुर लिम्बूको पनि हात्तीकै आक्रमणबाट ज्यान गएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै