होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिप दुर्घटना हुँदा दैलेखमा २ जनाको मृत्यु
समाचार

जिप दुर्घटना हुँदा दैलेखमा २ जनाको मृत्यु

  • नागरिक रैबार
जिप दुर्घटना हुँदा दैलेखमा २ जनाको मृत्यु

कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज विहान अन्दाजी ६ः३० बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल भै सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि जुम्लाको गुठीचौर गाउँपालिका ४ का ३८ वर्षिय जिप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको छ ।

विज्ञापन

साथै, जिपमा २ जनामात्रै सवार रहेको जनाइएको छ भने मृतकको उद्दार कार्य र घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु भईरहेको प्रहरी कार्यालय दैलेखको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार