होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विकटका विद्यार्थी प्रविधिबाट बञ्चित : विमलेन्द्र निधि
समाचार

विकटका विद्यार्थी प्रविधिबाट बञ्चित : विमलेन्द्र निधि

  • नागरिक रैबार
विकटका विद्यार्थी प्रविधिबाट बञ्चित : विमलेन्द्र निधि

काठमाडौं । स्कुल अफ डेमोक्रेसी नेपालले ‘महामारी र शैक्षिक अन्यौलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन’ विषयक भर्चुअल अन्तरक्रिया गरेको छ।

भर्चुअल अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि एवं कांग्रेस उपसभापति विमलेन्द्र निधिले महामारीको शैक्षिक अन्यौलतालाई विभिन्न प्रविधिले सहयोग पुर्‍याएको बताए । तर, विकटका विद्यार्थी भने यो सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ।

 

विज्ञापन

कांग्रेस नेता एवं पूर्वशिक्षामन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान अवस्थाले विद्यार्थी र अभिभावक भविष्यप्रति चिन्तित रहेको बताए ।सरकार र विश्वविद्यालयले अनलाइनबाटै नयाँ प्रविधिको प्रयोग गरी शैक्षिक गतिविधि सञ्चालन गर्न दीर्घकालीन योजना ल्याउनुपर्ने बताए।

पूर्वशिक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता एनपी साउँदले सरकारलाई राजनीतिक किचलो गर्नुको साटो सम्पूर्ण ध्यान शिक्षा र स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा केन्द्रित गर्न सुझाव दिए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले त्रिविले महामारीमा अनलाइनबाट १ सय २५ वटा टिचिङ युनिटमा कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा आफूहरूले १० वर्ष अगाडि नै इलेक्ट्रोनिक लर्निङ फर्म स्थापना गरिसकेको दाबी गरे ।महामारी मात्रै नभइ अब सबै विश्वविद्यालले समयसापक्ष प्रविधिसँग साक्षात्कार गर्न सक्नुपर्ने उनको धारणा छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले शैक्षिक सत्र खेर नजाओस् भन्नका लागि बोर्डले सरकारलाई सुझाव दिएको बताए ।कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुन्य रेग्मीले भौतिकरुपमा विद्यार्थीलाई उपस्थित नगराइ विभिन्न संकायमा व्यावहारिक कक्षा र परीक्षा कुनै पनि हालतमा सञ्चालन गर्न नसकिने बताउँछन् ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादव प्रसाद लामिछानेले आफूहरूले यसअघि आयुर्वेद संकायको कक्षा र परीक्षा पनि अनलाइन माध्यमबाट नै गरेको बताउँछन् ।पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले अनलाइन कक्षा र परीक्षा सञ्चालनका सम्बन्धमा आफूहरू तीब्र छलफलमा रहेको र चाडै निष्कर्षमा पुग्ने बताए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले डिजिटल उच्च शिक्षा प्रणालीलाई अब सबैले ध्यान दिनुपर्ने बताए ।पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले अबको शिक्षा प्रणाली सूचना प्रविधीमैत्री बनाउनुपर्ने र त्यसका लागि सरकारले बिशेष ध्यान दिनुपर्ने बताए ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपछि प्रा. डा. अम्म राज जोशीले सबल, सूचनाप्रवृधिमैत्री शिक्षा प्रणालीका लागि राज्यले अधिकतम बजेट र ध्यान शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

राजश्री जनक विश्वविद्धालयका उपकुलपति प्रा. डा. भरत झाले भर्चुअल कक्षा र परीक्षा सञ्चालन गर्न विभिन्न कारणले ४० प्रतिशत भन्दा बढी विद्यार्थीको सहभागिता नहुने देखिदै आएको बताए ।

कांग्रेस नेता एवं स्कुल अफ डेमोक्रेसिका अध्यक्ष नैनसिंह महरले शिक्षा र स्वास्थ्य जस्तो जनताको आधारभूत विषय राज्यको स्वामित्वमा राखेर जनपहुँचमा पुर्‍याउनुपर्ने धारणा राखे ।

नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्ध थापाले सामुदायिक क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरूको अवस्था कहाली लाग्दो रहेकोमा सरकार भने त्यसप्रति उदाशिन रहेको उनले बताए ।

नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले सरकारको अकर्मण्यताका कारण दूरदराजमा रहेका विद्यार्थीहरू शिक्षाबाट बञ्चित भएको बताए । शिक्षक समुदायकाप्रति सरकार पूर्वाग्रहणी भएको उनको दुखेसो थियो ।

पाँच सय हाराहरीमा उपस्थित रहेको भर्चुअल कार्यक्रममा युवा नेतृ विमला राई, मनोज शाह र बिष्णु बडैलालगायतले शिक्षा सुधारका बारेमा आफ्नो धारणा राखेका थिए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार