होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्ने घोषणा
समाचार

अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्ने घोषणा

  • नागरिक रैबार
अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्ने घोषणा

काठमाडौँ– अमेरिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप दिने घोषणा गरेको छ । यद्यपि नेपालका लागि कति डोज सहयोग दिने भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन्। नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने अमेरिकी घोषणाबारे नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीटरमा यस्तो लेखेका छन्-

I join my fellow Americans, & all friends of Nepal, in celebrating the @WhiteHouse announcement that Nepal will be among the countries to receive direct vaccine donations from the United States. More details are coming soon! Together we will #beatthevirus.https://t.co/0gM5inom5x pic.twitter.com/0aLf8p00iJ

विज्ञापन

— Ambassador Randy Berry (@USAmbNepal) June 3, 2021

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणाको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्- ‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतिलाई पुष्टि गर्छ ।’

We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS, @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.

— K P Sharma Oli (@kpsharmaoli) June 3, 2021

यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग घोषणाको स्वागत गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकाले खोप सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन् । उनले ट्वीटरमा यस्तो लेखेका छन् –

When Nepal is battling a dreadful wave of the pandemic, what can be a more welcome news than announcement by United States of COVID-19 vaccine support! Thank you @SecBlinken and the American people for this friendly gesture!

— Pradeep Gyawali (@PradeepgyawaliK) June 3, 2021
बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरबाट कोरोना उन्मुलन गर्न खोप अभियान थाल्ने घोषणा गरेका हुन् ।ह्वाइट हाउसको वव्यक्त अनुसार पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ ।

अमेरिकाले पहिलो चरणमा एसियाली मुलुकका लागि ७० लाख डोज खोप वितरण गर्ने जनाएको छ । त्यस्तै ६० लाख मध्य र दक्षिण अमेरिकी राष्ट्रका लागि छुट्याएको छ।५० लाख डोज अफ्रिकी मुलुकलाई दिने अमेरिकाले घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार