होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाढी र पहिरोले तहनहस, पूर्व सूचना प्रणाली व्यवस्थित नभएका कारण जनधनको क्षति
समाज

बाढी र पहिरोले तहनहस, पूर्व सूचना प्रणाली व्यवस्थित नभएका कारण जनधनको क्षति

  • नागरिक रैबार
बाढी र पहिरोले तहनहस, पूर्व सूचना प्रणाली व्यवस्थित नभएका कारण जनधनको क्षति

काठमाडौं, असार ३ । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म सात जनाको ज्यान गएको छ भने दर्जनौ मानिष बेपत्ता भएका छन् ।

निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं ठाउँमा सडक अवरुद्ध भएको छ । वर्षापछिको बाढी र पहिरोले ठाउँठाउँका सडक र पुलमा क्षति पु¥याएको छ ।

पुष्पलाल राजमार्ग, पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग,मध्य पहाडी राजमार्ग, भिमदत्त राजमार्गआदिका विभिन्न ठाउँमा क्षति पुगेको छ । सडकहरु भत्किएदा धेरै ठाउँको यातायात सम्पर्क विच्छेद भएको छ । जल विद्युत आयोजनामा बाढीले क्षति पु¥याएको छ ।

विज्ञापन

मौसमविद्ले बाढी, पहिरो तथा डुबानको जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा सतर्कता अपनाउन अपिल गरिरेहका छन् । बाढी पूर्वानुमान महाशाखाले बाढी आउने अनुमानसहितको सूचना जारी गरेको छ ।
अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् ।बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ । यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार