होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उद्धार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई एमालेको आह्वान
समाचार

उद्धार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई एमालेको आह्वान

  • नागरिक रैबार
उद्धार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई एमालेको आह्वान

नेकपा एमालेले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको उद्दार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार जारी गरेको विज्ञप्तिमा बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित भएको र कतिपयको ज्यान ज्यान गुमाएको तथा घरबारबिहीन हुनुपरेको अवस्थामा पार्टी चिन्तित भएको उल्लेख गरिएको छ ।

एमालेले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ताहरुको सकुशल उद्धार हुन सकोस् भन्ने कामना गरेको छ । यस्तै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित घरबारबिहीनहरुको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ ।

एमालेले तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह समेत गरेको छ ।

विज्ञापन

पार्टीले ज्यान जोखिममा राखी उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुको उच्च प्रशंसा समेत गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार