होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढीले उब्जाउ खेत बगाएको टुलुटुलु हेर्न बाध्य किसान
समाचार

बाढीले उब्जाउ खेत बगाएको टुलुटुलु हेर्न बाध्य किसान

  • नागरिक रैबार
बाढीले उब्जाउ खेत बगाएको टुलुटुलु हेर्न बाध्य किसान

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ ।

बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भनिएको स्थान हेर्न पुगेका सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार मेलम्ची नदी बगेको स्थानका अधिकांश नदी किनार क्षेत्रमा खेतीयोग्य जमिन कटान भएको छ । इन्द्रावती र मेलम्ची मिसिएको मेलम्ची बजारबाट तल रहेको सिन्धुपाल्चोक र काभ्रे जिल्लाका भूभागमा पनि नदीले थप क्षति पुराएको छ ।

बुधबार काभ्रेका मण्डनदेउपुरका कृषकहरु नदीले आफ्नै जमिन कटान गरिरहेको टुलुटुलु हेरेर बसेका थिए । भर्खर रोपेको धान र भित्र्याउने बेला भएको मकै रोपेको खेत बाढीले कटान गरेपछि उनीहरु निराश देखिन्थे । मण्डनदेउपुर नगरपालिका–७ काभ्रेका श्याम राईसँग धान रोपेको आफ्नो खेत कटान भइरहेको दृश्य हेर्नुबाहेक अर्को विकल्प थिएन । बिहानैदेखि उनी सडकछेउमा बसेर खेत कटान भएको हेरिरहेका थिए । बिहान थोरैमात्रै कटान भएको उनको खेत अपरान्हसम्म आधाभन्दा बढी सकिइसकेको थियो । बेलुकासम्म सबै खेत बगरमा परिणत हुने उनी बताउँदै थिए ।

विज्ञापन

त्यही खेतको उब्जनीबाट ६ महिनासम्म खान पुग्ने गरेको श्यामले बताए । तर नदी किनारको उब्जाउ हुने खेत नै नदीले कटान गरेपछि अब के खाने भन्ने चिन्ता बढेको श्यामले बताए ।

​यसअघि १ वर्ष ठूलो बाढी आएर रोपेको धान बगाएको भएपनि खेत नै कटान भने नभएको उनले सुनाए । तर यसपटक लेदोसहित आएको बाढीले खेत नै कटान गरेर बगर बनाइदिएको श्यामले बताए ।

सडक किनारबाटै आफ्नो खेत बगाइरहेको दृश्य हेरिरहेका सानुकान्छा राई पनि अब बालबच्चालाई के खुवाउने होला भनी चिन्ता गरिरहेका थिए । इन्द्रावती नदीमा आएको बाढीले आफ्नो पाकेको मकैसहितको खेत बगाएको उनले गुनासो गरे । उनको करिब ३ ट्रिपर पाकेको मकै र अर्को ३ ट्रिपर उब्जनी धान उब्जनी हुने खेत बगाएको बताए ।

साननुकान्छा क्रसर व्यवसायीको लापरवाहीको कारण आफ्नो खेत बगाएको भन्दै क्रसर व्यवसायीप्रति आक्रोश पोखिरहेका थिए । क्रसर व्यवसायीसँग पटकपटक आग्रह गरी नदी किनारमा तारजाली गरिदिन आग्रह गरेको भएपनि व्यवसायीले अटेर गर्दा आफ्नो खेत बगेको उनले बताए ।

बालबच्चा पाल्ने र उब्जनी हुने खेत नै बगाएपछि अब आफूहरु भोकभोकै मर्ने अवस्था आएको सानुकान्छाले सुनाए । चाँडोभन्दा चाँडो राहतको व्यवस्था गर्न पनि उनले स्थानीय निकाय र सरकारसँग आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार