होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल पक्ष फेरि पनि स्थायी कमिटी बैठकमा अनुपस्थित
समाचार

नेपाल पक्ष फेरि पनि स्थायी कमिटी बैठकमा अनुपस्थित

  • नागरिक रैबार
नेपाल पक्ष फेरि पनि स्थायी कमिटी बैठकमा अनुपस्थित

काठमाडौँ — एमाले स्थायी कमिटीको आइतबारको बैठकमा पनि माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा मध्याह्न बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्न बैठक डाकिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको उनको भनाइ थियो ।

तर नेपाल पक्षका कुनै नेता बैठकमा सहभागी नभएका हुन् । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल पक्षको सहभागिता थिएन । उक्त बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

विज्ञापन

आजै प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । एमालेले शुक्रबारै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । संसद्‌मा एमालेको १२१ मत छ । देउवालाई प्रधानमन्त्री बन्न सघाएको नेपाल पक्षले पछिल्लो परिस्थितिमा उनलाई विश्वासको मत दिने/नदिनेबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । कान्तिपूरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार