होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा
समाचार

सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा

  • नागरिक रैबार
सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा

१ भदौ, काठमाडौं । तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत गर्दै उल्लेख गरेको छ- सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ ।

 

विज्ञापन

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका मानिसहरुमा अहिले डर तथा आशंका देखिएको छ । यस्तो अवस्थामा तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।

तालिबानले यसअघि सरकार र पश्चिमा मुलुकको संस्थामा काम गरेका अधिकारीलाई लक्षित गरी आक्रमण गर्न सक्ने आशंका मानिसहरुमा थियो । तालिबानले निकै बर्बर सजाय दिने गरेको र युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । यद्यपि तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार