होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछामः अछाममा बालिकामाथि बलात्कार गरेको आरोपमा दई जना पक्राउ परेका छन्। जिल्लाको पन्चदेवल विनायक नगरपालिकाका २ युवक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पन्चदेवल विनायक नगरपालिका ६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको हो। भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै […]
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरुले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोटो खिचाउनेहरुले पनि पहिले नयाँ पार्टी गठनका लागि उक्साएको बताएका छन् । “अहिले १० जनाले ओलीसँग फोटो खिच्नुभएको छ । उहाँहरुले उतै सनाखत गर्नुभयो होला,” नेता गंगालाल तुलाधरले भने, “पार्टी गठन गर्न उक्साउने उहाँहरु नै हो । अहिले धोका दिनुभयो । निर्वाचन […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् । बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहेका लागि ढोका खुलै रहेको बताइन् । हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र […]
काठमाडौं, ९ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत पनि भएको छ । जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदको हस्ताक्षर सनाखत भएको हो । लोसपा नेता राजेन्द्र महतोले १४ सांसदको हस्ताक्षर सनाखत भएको जानकारी दिए । उनले […]
आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ । विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने […]
नेपालमा ३० वर्ष लामो पञ्चायत ढलेको थियो। २०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र २०४६ मा बहाली भएको थियो। तत्कालीन एमालेको आंशिक असहमतिका बिच पनि दलहरूको सहमतिमा २०४७ मा राजाले नेपाल अधिराज्यको संविधान जारी गरेका थिए। २०४६ सालको आन्दोलन राजनीतिक क्रान्ति त थिएन। तर, वाक् स्वतन्त्रता र बुर्जुवा प्रजातान्त्रिक अधिकारका दृष्टिले त्यो महत्वपूर्ण परिवर्तन थियो। यसले […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् ।बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौँ कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका हुन् । ‘मेरो समयमा पार्टी प्रमुख भएकाले मैले बचाउने कोशिस गर्दागर्दै पनि पार्टी बचाउन नसकेकोमा दुःखी छु’, ओलीको भनाइ छ । उनले […]
गण्डकी । पोखरा वृद्धाश्रममा आश्रित ६ जना ज्येष्ठ नागरिकलाई यतिबेला एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित बनेका छन् । सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काको घरमा श्रमिकका रुपमा काम गर्नुपरेको उनीहरु बताउँछन् । नागरिकता नहुँदा राज्यबाट पाउने सुविधाबाट […]
नागरिक रैबार बाजुरा ९ भदौ । काठमाडौं । निर्वाचन आयोगले माधव नेपालको टोलीलाई सनाखतका लागि आज बोलाएपछि माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका छन् । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन् । निर्वाचन आयोगले बिहान साढे ११ बजेदेखि २ बजेसम्म माधव नेपालको टिमलाई समय […]
सिमकोट: जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन्। उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रिने क्रम बढेको छ। लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १०७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी […]
काठमाडौं, भदौ ९ । गत सोमबारदेखि चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोगका लागि त्यहाँबाट हिडेका छन् । अहिले केहिबेरमा रत्नपार्कस्थित शान्तिबाटिकामा भेला भई त्यहाँबाट सांसद, केन्द्रीय सदस्य तथा कार्यकर्तासहित निर्वाचन आयोग जाने तयारी रहेको छ । आयोगले सनाखतका लागि बिहान आज दिउँसो २ बजेसम्मको समय दिएको छ। सोमबारदेखि नै […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन […]
नागरिक रैबार/बाजुरा ९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बाजुरा जिल्ला इन्चार्जमा पूर्व बाणिज्य तथा आपुर्ति राज्यमन्त्री कणर्बहादुर विकलाई जिम्मेवारी दिईएको छ । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य समेत रहेका विकलाई बाजुरा जिल्लाको इन्चार्जमा जिम्मेवारी दिएको हो । बाजुराको जगन्नाथ गाउँपालिका घर भएका विक दुइदशक देखि राजनीतिमा सक्रिय भएर […]
काठमाडौं, भदौ ९ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि सनाखत गर्न निर्वाचन आयोग जाने तयारीमा जुटेका छन्। अहिले बिहान १० बजे रत्नपार्कस्थित शान्तिवाटिकामा भेला हुने र त्यहाँबाट निर्वाचन आयोग जाने तयारी भईरहेको स्रोतले जनाएको छ ।नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने (लोकतान्त्रिक) समाजवादी […]
बाजुरा।जनजागरण पाटी नेपालको आर्थिक सहयोग तथा बाजुरा इसाई समाजको समन्वयमा बाजुराको बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । मँगलबार बडीमालिका ३ र ९ नं. वडाका बाढी पिडित र गरिव असायहयलाई मध्येनजर गरेर जनजागरण पार्टीका केन्द्रिय अध्यक्ष विपि खनाल र बाजुरा इसाइ समाजको समन्वयमा बाढीपिडित […]
धनगढी : ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सासंद छन्। पार्टी विभाजन हुनुअघि केपी शर्मा ओलीलाई साथ दिने सांसदको संख्यासात मात्रै थियो। सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए। १७ जना नेपाल समूहका सांसदले त पार्टीको निर्णयविपरीत माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत पनि दिए। ओली पक्षको स्थायी कमिटी र प्रदेश कमिटीले गरेको […]
नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन […]
धनगढी: अछाममा पहिरो जाँदा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।जिल्लाको चौरपाटी गाउँपालिका -६ मार्कुस्थित सडकमा अविरल वर्षाका कारण पहिरो खस्दा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। प्रहरी चौकी चौखुट्टेको टोलीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने कार्य गरिरहेको र केही बेरमै सडक सञ्चालनमा आउने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
एमालेले १० बुँदे सिफारिसमा आधारित निर्णय कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले उक्त कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष भीम रावल,महासचिव ईश्वर पोखरेल उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । त्यस्तै बैठकले […]
नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ । […]