होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सुदूरपश्चिम एमालेका १७ जना सांसद एकै ठाउँमा छौँ’
समाचार

‘सुदूरपश्चिम एमालेका १७ जना सांसद एकै ठाउँमा छौँ’

  • नागरिक रैबार
‘सुदूरपश्चिम एमालेका १७ जना सांसद एकै ठाउँमा छौँ’

धनगढी : ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सासंद छन्। पार्टी विभाजन हुनुअघि केपी शर्मा ओलीलाई साथ दिने सांसदको संख्यासात मात्रै थियो। सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए।

१७ जना नेपाल समूहका सांसदले त पार्टीको निर्णयविपरीत माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत पनि दिए। ओली पक्षको स्थायी कमिटी र प्रदेश कमिटीले गरेको निर्णयलाई १७ जना सांसदले पटकपटक चुनौती दिए।

वरिष्ठ नेता माधवकुमार नेपालले एमालेबाट विभाजन भएर नयाँ पार्टी गठनको प्रक्रिया थालेपछि विगतमा नेपाललाई साथ दिएका १७ सांसदले के गर्छन ? भन्ने जिज्ञासा बढेको छ। एमाले सुदूरपश्चिममा सबैभन्दा बढी प्रभाव राख्ने नेता भीम रावलले नेपालकोसाथ छाडेपछि प्रदेशको अंकगणित फेरबदल हुने देखिएको छ।

विज्ञापन

यता माधव समूहमा रहेका प्रदेश सांसदले भने १७ जना सासंद एकै ठाउँमा रहेको बताएका छन्। प्रदेश सांसद तारा लामा तामाङले  भने, ‘विगतमा माधव समूहमा रहेका १७ जना सांसद एकै ठाउँमा छौँ। अहिलेसम्म हाम्रो साथ माधव समूहलाई नै हो। तर अब कता जाने ? भन्नेबारे केही दिनमा टुंगो लाग्छ।’ उनले एमाले उपाध्यक्ष रावल विभाजनको विपक्षमा उभिएपछि त्यसको प्रभाव सुदूरपश्चिममा पनि पर्ने बताए।

अहिलेसम्म प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र पूर्वपर्यटन मन्त्री माया भट्टले माधव नेपालले गठन गरेको नयाँ पार्टीमा जाने बताइसकेका छन्। नयाँ दल दर्ता प्रक्रिया नै पूरा नभएका कारण अधिकांश सांसद अहिले अलमलमा छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार