होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर […]
११ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले मतदान अधिकृतहरु शुक्रबार नै […]
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ । प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको […]
काबुल विमानस्थलमा भारतीय वायुसेनाको एक विशेष विमान रोकिएको खबर छअंग्रेजीमा छापिने भारतीय पत्रिका ‘द हिन्दू’ पत्रिकाले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहलाई उद्धृत गर्दै तालिबानले कम्तीमा १४० अफगानी सिख, हिन्दु र अन्य मानिसहरुलाई काबुल विमानस्थल जानबाट रोकेका छन् । पुनित सिंह काबुलबाट मानिसहरुलाई निकाल्ने अभियानमा विदेश मन्त्रालय र भारतीय वायुसेनासँग समन्वयको काम गरिरहेका छन् […]
काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता पक्षमा पारेपछि उसले आफ्नो खास शक्ति स्पष्ट गर्ने बुझिएको छ । त्यसपछि […]
काठमाडौँ, ११ भदौ: विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले […]
काठमाडौं, भदौ ११। कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए। ‘बोर्डले सरकारसँग […]
धनगढी । कैलालीमा भरुवा बन्दुुकसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैसीलाई भरुवा बन्दुुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुुगरखालबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो । स्थानीय जंगलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका जैसीविरुद्ध हातहतियार सम्बन्धी मुद्दा दर्ता […]
धनगढीः आज भाद्र कृष्ण पञ्चमी अर्थात सुदूरपश्चिमेलीहरको ठूलो चाड गौरापर्वको पहिलो दिन हो। आजबाट नै विधिवत रुपमा गौरापर्व सुरु भएको मानिन्छ। गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ। बिरुडा भन्नाले पाँच थरी अन्नको समिश्रणलाई भनिन्छ। आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न […]
सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता परिमार्जनसहित अगाडि बढाउनुपर्ने बताएका छन् । नयाँ पार्टीका योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बिहीबार अध्यक्ष नेपालले तत्कालीन नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको सुझावअनुसार एमसीसी अगाडि बढाउनुपर्ने बताए । ‘एमसीसी सुधार गरेर, परिमार्जन गरेर […]
काठमाडौं, १० भदौ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित १४ सांसदमाथि कारबाहीको पत्र लेख्दा पनि अगाडि नबढाएको भन्दै सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । सापकोटाले कारबाही अगाडि नबढाएको र निर्वाचन आयोगले कारबाहीमा परेकाहरुको सनाखत लिएकोले कानूनी उपचारमा जाने […]
कैलाली: कैलालीकी एक युवतीको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ बस्ने ४० वर्षीया सोनिया रानाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुधबार साँझ कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित माईती घरमा मोटरको तार खुट्टामा अल्झिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफु जीन्दगीभर पार्टी पदमा नबस्ने बताएका छन् । उनले आफ्नो पार्टीले युवा पुस्तालाई अगाडि बढाउने भन्दै आफु जीन्दगीभर पदमा बस्न नचाहेको बताए । ‘अबको चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्नेछु । जिन्दगीभरि लौरो टेक्दासम्म पदमा बस्ने चाहाना छैन’ नेता नेपालको भनाइ छ । अध्यक्ष नेपालले एमालेसँग एकताको सम्भावना रहेको […]
काठमाडौ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन्। त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए। ‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ नेता नेपालको भनाइ छ। उनले […]
१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनले बताए । बिहीबार […]
१० भदौ, बागलुङ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुन रहेका छन् । उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको […]
१० भदौ काठमाडौ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनसन जारी छ । बिहीबार दोस्रो दिन तीन जिल्ला सभापतिहरुले अनशनमा बसेका हुन् । आज तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनसनमा बसेका हुन् । त्यस्तै […]
सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ । एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा […]
धनगढीः नेकपा एमाले विभाजन संगै सुदूरपश्चिमका नेताहरु आ–आफ्नो कित्ता क्लियर गर्ने क्रम जारी रहेुको छ। एमालेमा आएको फुटसंगै माधव नेपाल पक्षधरले (नेकपा एकीकृत समाजवादी) पाटी दर्ता गरिसकेका छन। प्रदेश सरकारमा रहेका एमालेतर्फका मन्त्री तथा सांसदहरु पनि आफ्नो कित्ता क्लियर गर्ने क्रममा छन्। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी […]