होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनजागरण पार्टीको सहयोगमा बाजुराका बाढीपिडितलाई खाद्यन्न सहयोग
समाचार

जनजागरण पार्टीको सहयोगमा बाजुराका बाढीपिडितलाई खाद्यन्न सहयोग

  • नागरिक रैबार
जनजागरण पार्टीको सहयोगमा बाजुराका बाढीपिडितलाई खाद्यन्न सहयोग

बाजुरा।जनजागरण पाटी नेपालको आर्थिक सहयोग तथा बाजुरा इसाई समाजको समन्वयमा बाजुराको बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ ।

मँगलबार बडीमालिका ३ र ९ नं. वडाका बाढी पिडित र गरिव असायहयलाई मध्येनजर गरेर जनजागरण पार्टीका केन्द्रिय अध्यक्ष विपि खनाल र बाजुरा इसाइ समाजको समन्वयमा बाढीपिडित परिवारका प्रतिव्यक्तिलाई ३० केजिका दरले खाद्यन्न सहयोग गरिएको बाजुरा इसाई समाजका पाष्टर ओमप्रकाश विकले बताएका छन् ।

बडीमालिका ९ का ५२ र वडा नं. ३ का २१ जना गरी ७३ लाई खाद्यन्न सहयोग गरिएको जनजागरण पार्टीका बाजुरा सदस्य प्रविन विकले बताएका छन् ।

विज्ञापन

जनजागरण पाटीले उपलव्ध गराएको खाद्यन्न सहयोग वितरण कार्यक्रममा ३ र ९ नम्बर वडाका जनप्रतिनिधि लगायत पाष्टर ओमप्रकाश विक, पाष्टर प्रमोद नेपाल, जनजागरण पार्टीका बाजुरा सदस्य प्रविन विकले बाढीपिडितलाई खाद्यन्न हस्तान्त्रण गरेका थिए ।

जनजागरण पार्टीको सहयोगमा बाजुरा इसाई समाजले बाढी पिडित र गरिव असाहयलाई खाद्यन्न सहयोग गरेपछि बडीमालिका ९ कि स्थानीय तुला चंदाराले भनिन् अव केही दिनको छाक टार्न सजिलो हुने भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै