होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । सरकारमा सहभागी […]
पाल्पा: लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छमृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ। सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको थियो। गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]
सशक्तीकरण र जीविकोपार्जनका लागि आवश्यक बजेटको खोजी गर्दै कञ्चनपुरका मुक्त कमैँया स्थानीय तहमा पुग्न थालेका छन् । जीवनस्तर उकास्नका ती निकायबाट कार्यक्रम सञ्चालन हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् । नौवटै तहमा ध्यानाकर्षणपत्र बुझाएर बजेटको व्यवस्था गर्न माग गरिएको मुक्त कमैया समाजका जिल्ला अध्यक्ष घासिराम रानाले बताउनुभयो । भूमि सुधार कार्यालय हुँदा मुक्त कमैयाको […]
कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्रायः थियो । लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे । बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल लिई बिक्री […]
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् ।उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो । परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ । काबुल विमानस्थल नजिक […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो समय आफूसँग रहेका तर नयाँ पार्टी गठनमा साथ नदिएका दोस्रो पुस्ताबारे मुख खोलेका छन् । उनले धोका शब्द त प्रयोग गरेनन्, तर आफूलाई घचेटेर अगाडि बढ् भनेको, तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताए । उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले […]
१३ भदौ, काठडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ ।अविरल वर्षाका कारण साना ठूला […]
कैलालीका पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शनिवार एक कार्यक्रमका बीच नेशनल बक्स अफिस इन्टरनेशनल ग्रुपले ‘अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरेको हो । उनलाई चलचित्र विकासको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ । ग्रुपका अध्यक्ष आरके सुवेदीका अनुसार संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मान […]
१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, […]
एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले यी दुई […]
धनगढीः कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी लगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ।कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो।
amirahdyme onlyfans kinglouiesmalls काठमाडौँः भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो। वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई–दुई प्रदेशमा लागू हुने देखिएको छ। त्यसैगरी तथ्यांकमा १८ जनामात्र देखिएको खस भाषा कर्णाली प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’ अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको […]
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ मा रहेको बालुवा बस्ती बाढीको उच्च जोखिममा परेको छ । दुई तिरबाट नदी र खोला जमिन कटान गर्दा बस्ती जोखिममा परेको हो । एकातिरबाट उत्तरगंगा नदी र अर्कोतिरबाट रुकुमगाड खोलाले कटान गर्दा बस्ती उच्च जोखिममा परेको हो । लगातारको वर्षासँगै आएको बाढीले रात दिन बालुवामा रहेको खेती योग्य […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी बिकले एमाले छाडेकी छन्। एमाले छाडेर बिकले आफू माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको बताएकी छन्। तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहने बताउदै बिकले समाजवादीमा इन्ट्री गरेकी हुन्। उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन। उनले […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो । उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच […]
धनगढी : गौराको अवसरमा भदौ १४ गते सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार १४ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो। गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले सोही दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा […]
एजेन्सी, १२ भदौ । अमेरिकी सैनिक र नेटोले अफगानिस्तानविरुद्ध थप अक्रमणको तयारी गरिरहेको छ । अमेरिकी सैनिकसहित झण्डै २ सय जना मारिने गरी काबुल एयरपोर्टमा आइएसले बम बिष्फोट गराएपछि अमेरिकाले उनीहरुविरुद्ध थप आक्रमणको तयारी गरेको हो । अमेरिकाले काबु विमानस्थलमा भएको विष्फोटपछि गरेको ड्रोन हमलामा आइएसका योजनाकार मारिसकेको दाबी गरिरहेको छ । ह्वाइट हाउसले केही […]
डोटी- पहिरोले अवरुद्ध भएको डोटीको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिए । पहिरोले […]
काठमाडौं, भदौ १२ । आज देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको […]