होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा भीम रावल निकट सांसद धमाधम साथ छोड्दै !
समाचार

सुदूरपश्चिममा भीम रावल निकट सांसद धमाधम साथ छोड्दै !

  • नागरिक रैबार
सुदूरपश्चिममा भीम रावल निकट सांसद धमाधम साथ छोड्दै !

धनगढीः नेकपा एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी बिकले एमाले छाडेकी छन्। एमाले छाडेर बिकले आफू माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको बताएकी छन्।

तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहने बताउदै बिकले समाजवादीमा इन्ट्री गरेकी हुन्। उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन। उनले आफूले विगतमा एमाले हुुँदा पनि माधव नेपाल समूहकै नीति, सिद्धान्तलाई आत्मसात गरेको जनाएकी छन्।

उनी भन्छिन्, ‘सुुदूरपश्चिमबाट हामी सबैले एक ठाउँ उभिएर केपी ओलीलाई धक्का दिएका थियौं। विगतमा पनि हामीले समानान्तर कमिटी नै बनाएर अगाडि बढिसकेको अवस्थामा प्रतिगमनकारीसँग अब समन्वय र सहकार्य हुदैँन।’

विज्ञापन

बिक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुुपातिक सांसद हुन्। एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी बिकले विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिंदै आएकोमा अहिले उनले आफूहरुको साथ छाडेको बताइन्।

बिकले एमाले विभाजनका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएका १७ जनामध्ये कम्तीमा पनि १३ जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी तिर लाग्ने दाबी गरेकी छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार