होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१५ भदौ, काठमाडौं । विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले […]
१५ भदौ, खलङ्गा। जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ । […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको […]
सरकार गठन भएको ५० दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलहरूसँग छलफल तीव्र बनाएका छन् । तर मन्त्रालयका विषयमा भागबण्डा नमिल्दा कहिले मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफल पुनः बस्ने गरी सकिएको नेताहरूले बताएका […]
धनगढी : नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन्। आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन्। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आजै सनाखत गर्ने तयारी […]
धनगढी : सुदूरपश्चिमका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले नेकपा एमाले नछाड्ने बताएका छन्। प्रदेश सभाका कतिपय सांसदले आजै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने तयारी गरिरहदा पूर्वमन्त्री सुवेदीले एमाले नछाड्ने बताएका हुन्। ‘म विगतमा पनि एमाले थिए, आज पनि एमाले छु र भोलि पनि एमाले नै रहनेछु,’ उनले भने। उनले विगतमा केपी शर्मा ओलीविरुद्ध आफूहरु […]
मनाङ। बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते ममर्स्याङदी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय […]
१५ भदौ, काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइको असर उखु किसानको आन्दोलनमा समेत परेको छ । उखु किसान संघर्ष समितिले भदौ ५ गतेदेखि काठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । तर माग सुनुवाई गर्ने मन्त्रालय नेतृत्वविहीन भएपछि पीडित किसान आन्दोलनबाट पछि हटेका छन् । किसानको माग सुनुवाई गर्ने उद्योग वाणिज्य तथा आपूर्ति […]
अफगानका टेलिभिजन समाचारवाचकले तालिबान लडाकूको बीचमा हेडलाइन पढ्दै गर्दा उनी निकै आत्तिएको देख्न सकिन्छ । तर यतिबेला उनले अफगानी जनतालाई भने नआत्तिन भने । बन्दुक बोकेका तालिबानी लडाकूको बीचमा बसेर समाचार पढिरहेको भिडियो क्लिप टिभी स्टुडियोले अनलाइनमा सेयर गरेका छन् । तालिबानी लडाकू स्टुडियोको भवनमा प्रवेश गरेको र समाचारवाचकलाई तालिबानको प्रशंसा गर्न अह्राएको डेलीमेल बताएको […]
बसन्त चंदारा/बाजुरा १५ भदौ। बडीमालिका नगरपालिका ८ र ९ मा पर्ने रतुडाको लवाकोट खोलामा काठेपुल निर्माण गरिएको छ । बडीमालिका नगरपालिकाको २३ हजार बराबरको आर्थिक सहयोगमा उक्त खोलामा काठेपुल निर्माण गरिएको हो । खोलामा अस्थायी रुपमा काठेपुल निर्माण भएपछि वर्षातको समयमा रतुडा र लवाकोटका स्थानीय र विद्यार्थीहरुलाई सहज भएको स्थानीय प्रसादे चंदारले बताएका छन् । […]
अछाम । अछाममा कांग्रेस र माओवादीबाट ५० भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन ।सोमबार अछाममा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गजेन्द्र शाहीको नेतुत्वमा कांग्रेस र माओवादी केन्द्रका ५० भन्दा बढी कांग्रेसका युवाहरु प्रवेश गरेका एमाले अछाम जिल्ला सचिव डिवी साउदले बताए । अछाम तुर्माखाद गाउपालिका संगठन कमिटी वडा नम्बर २ भुलु द्वारा […]
१५ भदौ, सिमकोट । जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । उनले कोभिड संक्रमण कम हुँदै […]
धनगढीः अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरीको मृत्यु भएको छ। २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो। विकलाई भदौ ६ गते नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको थियो। उनले जन्माएको शिशुको यसअघि नै मृत्यु भइसकेको छ।
काठमाडौं, भदौ १५ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किएका हुन् । एमालेका वरिष्ठ नेताको हैसियतमा दिल्ली हिँडेका खनाल फर्किंदा एमाले दुई टुक्रा भइसकेको छ । उनी एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताको रुपमा रहे । […]
बैतडी — अनमी लक्ष्मी धानुकले पुर्चौडी नगरपालिका–४ को भटना स्वास्थ्य चौकीमा काम गर्न थालेको ५ वर्ष भयो । भटना गाउँकै उनी २० मिनेट हिँडेर कार्यालय पुग्छिन् । गर्भवती, सुत्केरीसँगै महिलाका स्वास्थ्य समस्या हेर्ने उनको मुख्य जिम्मेवारी भए पनि यतिमै उनको जागिर सकिँदैन । उनले महिनाको ४/५ पटक गाउँका अन्य टोलमा पनि उपस्थिति जनाउनुपर्छ । बालबालिकालाई नियमित खोप लगाउन र […]
लमजुङः बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट पक्राउ गरिएको हो। बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको […]
नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो । निर्वाचन आयोगले ११ भदौमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेको थियो । दल […]
डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका हुन् । अन्तर्राष्ट्रिय दातृ निकाय आइपासको आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास […]
सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी […]
काठमाडौं । कक्षा १२ को परीक्षा पटक–पटक स्थगित हुँदा विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरु मारमा परेका छन् । गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो । त्यसपछि पुनः साउन ३१ गतेदेखि तय भएको परीक्षा पनि कोरोना महामारीकै जोखिमका कारण स्थगित भयो […]