होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह
समाचार

अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

  • नागरिक रैबार
अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

१३ भदौ, काठडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ ।अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् ।

पहाडी भूभागमा भू-क्षय र साना-ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार