होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ भदौ, काठमाडौं । सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदैछन् । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा पर्व मनाइन्छ । यो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट […]
१४ भदौ, काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध […]
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।आइतबार विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका हुन् । उनले खनालले आफ्ना स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु […]
डोटी: सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ। सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन्। सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकका रुपमा गौराको मूर्ति बनाई भित्र्याएक हुन्। गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्र्याउने […]
काठमाडौं, १३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा निर्णायक शक्ति भएका छन् । अब उनी सत्ता गठबन्धन या एमाले जता हुन्छन् उसैको बहुमत हुनेछ । राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ५९ सांसद छन् । नेकपा एमालेको बहुमत रहेकोमा फुटेपछि त्यो रहेन । अहिले एमालेका २९, नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ७, नेकपा […]
आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः ०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ । […]
१३ भदौ, दाङ । श्रीमान्को हत्या गरेको अभियोगमा दाङको तुलसीपुरबाट एक महिला पक्राउ परेकी छन् । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई […]
धनगढी : कैलालीका दिवंगत पत्रकार जेपी जोशीकी छोरी पुजालाई धनगढीको एक्सिस विद्याश्रमले निशुल्क पढाउने भएको छ। पत्रकार महासंघले समन्यव गरेपछि एक्सिसले पुजालाई निशुल्क पढाउने निर्णय गरेको हो। यसै वर्ष एसईई उत्तिर्ण गरेकी पुजाले एक्सिसमा कानुन विषयल लिएर पढ्ने बताएकी छिन्। ‘म जस्तै पीडित अरुले हुन नपरोस भन्ने मेरो चाहना हो,’ उनले भनिन्, ‘बुवालाई पनि न्याय […]
एजेन्सी, १३ भदौ । अफगानिस्तानको राजधानी काबुलसमेतमाथि नियन्त्रण कायम गरेपछि तालिवान सँसारको त्यस्तो अतिवादी समूह भएको छ जोसँग हवाई फौज समेत छ । अफगानी सेनाले आत्मसमर्पण गरेपछि तालिवानको नियन्त्रणमा युद्धक हेलिकोप्टर देखि अत्याधुनिक हतियार समेत पुगेको छ । अमेरिकाले अफगानी सेनालाई दिएको अत्याधुनिक हतियार पनि तालिवानको कब्जामा पुगेको छ । अमेरिकी पूर्वसैनिक अधिकारी समेत रहेका […]
कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–३ आन्तडाबाट लालीघाट जाँदै गरेको क १ ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी १ का विक्रम गिरीको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । घाइतेको स्थानीय र कालीकोट प्रहरीले […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ […]
काठमाडौँ — नेकपा (एस) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए ।एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा(एस)ले दलको मान्यता पाएको […]
काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि पूर्वप्रधानमन्त्री झलनाथ खनाल फर्किएपछि सरकारमा जाने मन्त्री र राज्यमन्त्रीको टुंगो लगाउने भएका छन् । नेकपा एसको भागमा ५ मन्त्री र १ राज्यमन्त्री आएको छ । तर, आकांक्षी २८ जना छन् । सबैको व्यवस्थापन गर्न नेपाललाई चुनौती छ । एकजना सांसद सचेतक बनाइनेछन् । अर्का […]
काठमाडौं, १३ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतम अझै एमालेमै छन् । उनले सार्वजनिक रुपमै माधव नेपालको पक्षमा जाने बताइसकेका छन् । तर, औपचारिक रुपमा पार्टी परित्याग गरेका छैनन् । शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा विगतमा बोलेका माधव नेपालले एकता अभियानका आफू पक्षधरसँगको छलफलमा पनि […]
काठमाडौँ — सत्तारूढ नेपाली कांग्रेसले शैक्षिक क्षेत्रलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै शिक्षक, प्राध्यापक र विद्यार्थीहरूलाई राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव अघि सारेको छ । १४औँ महाधिवेशनको संघारमा रहेको कांग्रेसको शिक्षा विभागले प्रस्तावित ‘राष्ट्रिय शिक्षा नीति’ मा यस्तो प्रस्ताव गरेको हो । आगामी महाधिवेशनबाट पारित भए कांग्रेसले उक्त नीतिलाई अघि बढाउनेछ । नेपालको संविधान ०७२ बमोजिम विद्यालय […]
काठमाडौँ — मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् । नेताहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा […]
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडकमा पर्यटकलाई रोक लगाइएको छ। टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो। बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार आजदेखि उक्त सडकमा पर्यटकलाई […]
धनगढी : एमाले विभाजनपछि सुदूरपश्चिमका प्रदेश सांसद कित्ता क्लियर गर्न थालेका छन्। प्रदेश सभामा रहेका एमालेका सभामुखबाहेक २४ सांसदमध्ये अधिकांश नेकपा एकीकृत समाजवादीको पक्षमा देखिएका छन्। प्रदेश सभामा विगतमा १७ जना नेपाल र सातजना केपी ओली पक्षमा थिए। विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १४ जना नेपालले खोलेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना […]
काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई आफूहरुले नधकलेको बताएका छन् । हिजोमात्रै अध्यक्ष नेपालले आफूलाई पार्टी विभाजनको लागि अगाडि लाउन दोस्रो पुस्ताका नेताहरुले भूमिका खेलेको बताएका थिए । त्यसको भोलिपल्ट आज रावलले यस्तो टिप्पणी गरेका हुन् । रावलले सामाजिक सञ्जालमा लेखेका […]
पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार (भोलि) अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् । मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । […]