होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका १० प्रदेश सांसदले गरे नेकपा (एस)को पक्षमा सनाखत [नामसहित]
समाचार

सुदूरपश्चिमका १० प्रदेश सांसदले गरे नेकपा (एस)को पक्षमा सनाखत [नामसहित]

  • नागरिक रैबार
सुदूरपश्चिमका १० प्रदेश सांसदले गरे नेकपा (एस)को पक्षमा सनाखत [नामसहित]

धनगढी : सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन्।

विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जना नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, राज्यमन्त्री अर्चना गहतराज र प्रदेशसभा सदस्य तारा लामा तामाङले पनि आजै सनाखत गर्ने भनिएकोमा उनीहरु निर्वाचन कार्यालयमा उपस्थित भएनन्। भौतिक पूर्वाधार विकासमन्त्री सोडारीले आफूसहित ३/४ जना सांसदले भोलि सनाखत गर्ने तयारी रहेको बताए।

विज्ञापन

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्। एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरुले पनि माधवको साध छाडेको चर्चा छ। विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार