होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बामदेवले ओलीलाई नटेर्ने एमाले पनि नछाड्ने
समाचार

बामदेवले ओलीलाई नटेर्ने एमाले पनि नछाड्ने

  • नागरिक रैबार
बामदेवले ओलीलाई नटेर्ने एमाले पनि नछाड्ने

काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतमले पार्टी नछाड्ने मनस्थिति बनाएका छन् । उनले एमाले उपाध्यक्षकै रुपमा रहेर एकता अभियान जारी राख्ने भएका हुन् ।

गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भने सम्झौता नगर्ने भएका छन् । उनले ओलीलाई पनि नटेर्ने र माधव नेपाल अध्यक्ष रहेको नयाँ दल नेकपा एसमा पनि नजाने रणनीति बनाएका हुन् ।

गौतमले एकता अभियानलाई सक्रिय नै बनाइरहनेबारे निकटस्थसँग छलफल गरेका छन् । उनले माधव नेपालसँग कुरा नमिलेपछि कठोर निर्णय लिएको बुझिएको छ ।

विज्ञापन

यसअघि माधव नेपाललाई साथ दिने घोषणा गरेका गौतम फेरि ब्याक भएका हुन् । उनी अझै एमाले उपाध्यक्षका रुपमा छन् । उनकी पत्नी तुलसा थापा पनि एमालेमै सांसदको रुपमा छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै