होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा वामपन्थी नेताको शक्ति क्षयीकरण, वर्चस्व गुम्ने चिन्ता
समाचार

सुदूरपश्चिममा वामपन्थी नेताको शक्ति क्षयीकरण, वर्चस्व गुम्ने चिन्ता

  • नागरिक रैबार
सुदूरपश्चिममा वामपन्थी नेताको शक्ति क्षयीकरण, वर्चस्व गुम्ने चिन्ता

धनगढी : ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु,’ सोमबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए, ‘यो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे, तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’ एमाले विभाजन भएसंगै ज्यान दिन्छु भन्ने कार्यकर्ताले पनि साथ छाडेको गुनासो रावलको थियो।

नेकपा एमाले विभाजन नहँुदा रावलको साथमा सुदूरपश्चिम प्रदेश सभाका २४ जना (सभामुखबाहेक) सदस्यमध्ये १७ जनाको साथ थियो। तर १४ जनाले एकीकृत समाजवादी रोजेपछि रावलको शक्ति खुम्चिएको छ। एमालेमा रहेका सभामुखबाहेक १० जनामध्ये रावल नजिक तीन जना मात्रै छन्। रावलका विश्वासपात्र मानिने सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्वमन्त्री माया भट्ट, पूर्व राज्यमन्त्री प्रकाश रावल, प्रदेशसभा सदस्य तारा लामा तामाङ लगायतले रावलको साथ छाडेका हुन्।

रावल प्रदेश सभामा मात्रै होइन गृहजिल्लामा पनि साथ गुमाउँदै गएका छन्। राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले साथ छाडेपछि रावललाई अछाममा झट्का लागेको छ। एमाले अछामका एक नेता भन्छन्, ‘भीम रावलले जिल्लामा कहिल्यै राजनीति गरेनन्। सधैँ केन्द्रकै राजनीति गरे। त्यसैले उनको पक्षमा कार्यकर्ता पनि छैनन्। जिल्लामा संगठन बनाउने भनेकै कुँवर हुन्। अब कुँवरले नै रावलको साथ छाडेपछि रावललाई गृहजिल्लामा मुस्किल हुन्छ।’

विज्ञापन

रावलको जस्तै नियति नेता लेखराज भट्टको पनि भएको विश्लेषण गर्न थालिएको छ। माओवादी केन्द्रको प्रदेशमा नेतृत्व गरेका भट्टले माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लाग्दा आफूसंग विश्वास पात्र पनि लैजान सकेनन्। सुदूरपश्चिममा माओवादी केन्द्रका १४ सांसद थिए। उनीहरुमध्ये झपट बोहरालाई मात्र आफूसंग लैजान सकेका भट्टले प्रतिनिधि सभामा पनि गौरीशंकर चौधरीको मात्रै साथ पाए। अहिले दुबै नेता गृह प्रदेश सुदूरपश्चिममा छन्। उनीहरुको साथमा विगतमा देखिने कार्यकर्ता भने छैनन्। विगतमा उनीहरुको स्वागतमा विमानस्थलमा भिड हुने गरेको थियो भने यो पटक रावल र भट्ट आएको धेरैले पत्तो पाएनन्।

भट्ट र रावलले आफ्ना मुख्य सहयात्री र सहयोद्धाको साथ अहिलेको अवस्थामा गुमाएको टिप्पणी पत्रकार अर्जुन शाहको छ। ‘जे परीस्थिस्थितिले उहाँहरुलाई हस्ति भनेर भनिन्थ्यो त्यो परिस्थिति अहिले क्षिण भएको हो कि भन्ने देखिन्छ,’ उनले  भने, ‘दुबै जनासँग हिजो जुन शक्ति थियो त्यो छुटेको जस्तो देखिन्छ। हिजोको जस्तो राजनीतिक चार्म देखिएन।’

नेता भट्ट र रावलको अगाडिपछाडि रहेर राजनीतिको मोर्चामा डटेर साथ दिने नेता तथा कार्यकर्ताले साथ छोड्दा दुबैको राजनीतिक वर्चस्व गुमेको अनुमान गर्न थालिएको छ। रावलको राजनीतिका सारथीहरु नेकपा एकिकृत समाजवादीमा तथा लेखराजका राजनीतिका सहयोद्धाहरु माओवादी केन्द्रमै छु्टेको अवस्थामा दुबैको अवस्था पछिल्ला राजनीतिक घटनाले कमजोर भएको आकलन गर्न थालिएको हो।

अहिले नेता भट्ट र रावल दुवै एकै पार्टीमा भए पनि प्रदेश इन्चार्ज को हुने भन्ने विषयले आपसी टकरावको अवस्था ल्याएको छ। राजनीति शास्त्रका उपप्राध्यापक यज्ञराज जोशीले पार्टीको उपाध्यक्ष रहेको नेताले प्रदेश इन्चार्जमा भट्टलाई समर्थन गर्दा ठीक हुने बताउँछन्। ‘भिम रावल जीले प्रदेश इन्चार्जको पद लेखराज भट्ट जीलाई छोड्दा ठीक हुन्छ होला, बामपन्थी आन्दोलनमा भट्टले पनि मोर्चा सम्हालेकै हुन्,’ उनले भने, ‘प्रदेश इन्चार्जका लागि पार्टीमा विवाद भएन, दुबै नेता मिल्न सकेको अवस्थामा पार्टी तथा दुबैको राजनीतिक भविष्य पनि सहज हुने देखिन्छ।’

सुदूरपश्चिममा नेकपा एमाले तथा प्रदेशसभामा समेत बलियो पकड भएका रावलको अवस्था अहिले उल्टिएको छ। एमाले विभाजनपछि रावलले आफूलाई साथ दिने प्रदेश सभा सदस्यलाई जोगाउन सकेनन्। यसैगरी नेता भट्ट भने नेता–कार्यकर्तालाई माओवादी केन्द्रमै छाडेर आफू मात्रै एमालेमा गए। आगामी चुनावमा उनीहरुको अवस्था थप स्पष्ट हुने अनुमान गर्न थालिएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार