होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलाली र बाजुरामा काँग्रेसले टुङ्ग्यायो सदस्यता विवाद, ५ गते अधिवेशन गर्ने तयारी
समाचार

कैलाली र बाजुरामा काँग्रेसले टुङ्ग्यायो सदस्यता विवाद, ५ गते अधिवेशन गर्ने तयारी

  • नागरिक रैबार
कैलाली र बाजुरामा काँग्रेसले टुङ्ग्यायो सदस्यता विवाद, ५ गते अधिवेशन गर्ने तयारी

धनगढी : नेपाली काँग्रेसले कैलाली र बाजुराको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले विवाद निरुपण गरेका हुन्।

सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले बताए। तर निर्वाचन समितिले सदस्यता नामावली बुझेको भने छैन। छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको छ।

कैलालीका जिल्ला उपसभापति प्रकाश बमले सदस्यता विवाद निरुपण भएको खवर आएको तर अझै सदस्यता सार्वजनिक नगरिएको बताए। ‘भोलि साँझसम्म पनि सदस्यता सार्वजनिक भए हामी ५ गते वडा अधिवेशन गर्न सक्ने अवस्थामा छौँ,’ बमले भने।

विज्ञापन

कैलाली र बाजुराबाहेक सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन भएको छ। सात जिल्लाका पाँच सय ३७ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै