होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन गरिने भएको छ। राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियूको नेतृत्व फेरिन लागेको हो। अनेरास्ववियूका वर्तमान अध्यक्ष ऐन महर पार्टीको एमालेको प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा लैजाने आश्वासन नेतृत्वबाट पाएपछि एकाएक अखिल छाड्न तयार भएको बताईएको छ। महर अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए। ५ वर्षअघि भएको […]
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो । तत्कालीन समाजवादी […]
काठमाडौँ — कानुनी संघर्षको बलमा प्रधानमन्त्री चयन भएका शेरबहादुर देउवा राजनीतिक ‘अनिर्णयको बन्दी’ भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ६६ दिनसम्म मन्त्रिपरिषद् विस्तारसमेत गर्न सकेका छैनन् । उनको अक्षमताले राजनीतिक, प्रशासनिक र आर्थिक रूपमा राज्य सुस्ताएको छ । अहिले पनि १७ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ, जस कारण ती मन्त्रालयको कार्यसम्पादन प्रभावित भएको छ । मन्त्रालयका सचिवसमेत प्रधानमन्त्रीलाई खोज्दै […]
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि यहाँका सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण […]
१ असोज, वीरगञ्ज । २९ भदौमा वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको टोली आकस्मिक विद्यालय अनुगमनका लागि वीरगञ्ज–१७ अलौस्थित श्रीमान टोला प्राविमा पुग्यो । बिहान ११ बजे नै विद्यार्थीहरु घरतिर लागिरहेका थिए । विद्यार्थीलाई बोलाएर सोध्दा शिक्षक कोही छैनन् त्यसैले पढाइ भएन भन्ने जवाफ आयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णसहितको टोली विद्यालय पुग्दा एक […]
१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा सात सुनिश्चितता खोजेको बताएका छन् । नयाँ दलको कार्यालय उद्घाटनपछि शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपामा छँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आजै पास गर्ने, भोलि नै पास गर्ने भनेर परराष्ट्रमन्त्रीलाई नगर्नु पर्ने ठाउँमा हस्ताक्षर गराएको र अर्थमन्त्रीले पनि […]
१ असोज, काठमाडौँ । १४ महिनापछि संघीय संसदमा नयाँ विधेयक आएको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रियसभामा दर्ताका लागि पठाइएको हो । बिहीबार दुई वटा विधेयक आएको र दर्ता प्रक्रियामा रहेको राष्ट्रियसभाको विधेयक […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले बोलेर होइन काम गरेर देखाउने बताएका छन्। शुक्रबार काठमाडौंको मीनभवनमा पार्टीको केन्द्रीय कार्यालय भवन उद्घाटनपछि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले भने, ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं। हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टी […]
संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्याङ्कमा दिएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न ६ देशका ७ करोड […]
काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा […]
१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ ।पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् । मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । भुइँतलासहित चार तले […]
धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ। रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण आज हुने भएको हो। नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आजै मुख्यमन्त्रीले अर्थमन्त्री नियुक्त गर्ने र साँझ सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताए। ‘मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यू डोटी हुनुहुन्छ, […]
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । मोदी आजदेखि ७१ वर्षमा प्रवेश गरेका छन् ।
नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नं स्तम्भको अध्ययन गरेर उक्त टोली […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ । खुला राजनीतिमा आएपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बसेको पहिलोपटक हो । बन्दीपुरको एक होटलमा आयोजित बैठक असोज ५ गतेसम्म चल्ने छ । तत्कालीन माओवादीबाट अलग भएर भूमिगत गतिविधि गर्दै आएको विप्लव समूह […]
नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमबीच काठमाडौँस्थित नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । नेपालले रिबन काट्दै नयाँ भवनमा प्रवेश गरेका थिए । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख […]
सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित गर्ने कि मन्त्रिपरिषदबाट खारेज गर्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्र विवाद देखिएको छ । अध्यादेशसम्बन्धी यही विवादका कारण मन्त्रिपरिषद विस्तार पछि सरेको छ । ‘जसपा अध्यक्ष उपेन्द्र यादव यो अध्यादेश मन्त्रिपरिषदले फिर्ता लिनैपर्छ भन्ने लाइनमा हुनुहुन्छ, उता माधव नेपालचाहिँ अध्यादेश संसदबाट पारित हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ,’ गठबन्धनका एक […]
इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने भएको छन् । सेवा प्रदायकहरुले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि इन्टरनेटको मूल्य बढाउनु परेको इन्टरनेट सेवा प्रदायक संघले जानकारी दिएको छ । विद्युत प्राधिकरणले पोल भाडा बृद्धि गर्ने भएपछि इन्टरनेट प्याकेजको मूल्य वद्धि […]
नेपाल टेलिकमले कोभिड रोकथाम सम्बन्धी जनचेतना जगाउने ‘रिङटोन’को स्थानमा राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ । राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज […]