होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९६४ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उपत्यकाको विभिन्न स्थानमा बुधबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, लेन उल्लंघन गर्ने १३७ जना, मदिरा पिएर सवारी साधन चलाउने ११० जना, तिब्र गतीमा सवारी […]
सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ। भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ […]
काठमाण्डौः ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिन (मर्जर गर्न) सहमत भएका छन्। बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी समझदारी भएको छ। समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो। मर्जरपछि […]
नागरिक रैबार/बाजुरा १ असार। बडीमालिका नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुले पहिलो पटक सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको अनगुगमन गरेका छन । बुधबार विहान सदरमुकाम मार्तडीको खानेपानीको दिगोपना तथा ब्यबस्थापनका लागि उनीहरुले अनुगमन गरिएको हो । सदरमुकाम मार्तडीमा लामो समय देखी खानेपानी समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल र योजना बनाउनका लागि अनुगमन गरिएको बडिमालिका […]
सुर्खेत, कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा सरकार बाहिर हुदापनि निरन्तर बिकासमा निबर्तमान अध्यक्ष लक्ष्मण बहादुर बमको टिम रहेको छ । आज मात्रै उर्जा शाखा पलाताले सामानका लागि हेलिकप्टर बाट भुच्चि खाेला र रेडियाे पलाँता आवाज १०३.६ मेगाहर्जका लागि सामान पुगाएको हो । पोखरा देखि सामान धुरा र भुच्ची खोला सामान पुगेको छ । युवा नेता […]
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई आघात पुग्ने वा रणनीतिक महत्त्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन्। एसपीपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्ने प्रचार भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रश्न उठाएका थिए। जवाफमा प्रधानमन्त्री देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रस्ट पारेका हुन्। भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष […]
बैतडी: बैतडीमा खोरेत रोग प्रकोपका रूपमा देखा परेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो। जिल्लाका चार स्थानीय तहमा खोरेत रोग देखा परेको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ […]
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न एक समिति बनाइएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । […]
प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुँदैछ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरेका हुन् । उनले बजेट वक्तव्यका क्रममा चालू आर्थिक वर्षमा ५.४१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरे । यस्तै चार वर्षको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने पनि उनले बताए । बजेटको समीक्षा गर्दै उनले […]
रूकुम (पूर्व): भरुवा बन्दुक बरामद गरिएको छ। सिस्ने गाउँपालिका ६ रानीकोट जंगलस्थित ढुङ्गाको ओडारभित्र वेवारिसे अवस्थामा १ थान एकनाले भरूवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको हो। साथै सिस्ने गाउँपालिका ६ खोपीचार जंगलस्थित ओडारभित्र लुकाई राखेको १ थान भरूवा बन्दुक समेत प्रहरीले मंगलबार साँझ बरामद गरेको बताएको छ। उक्त स्थानमा भरूवा बन्दुक लुकाई राखेको भन्ने […]
३ वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । २०७९ जेठ ३१ गते अर्थात हिजोबाट नागरिक रैबार डटकमको चौथो वर्षको सुरुवात भएको छ । स्थापनाको तेस्रो वर्ष पुरा गरि हामी नयाँ संकल्प र योजनासहित चौथो वर्षको नयाँ अध्यायमा प्रवेश […]
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी […]
काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार नगर्न नौ वटा राजनीतिक दलहरुले माग गरेका छन् । बुधबार नेकपा क्रान्तिकारी, मोहन वैद्य किरण नेतृत्वको नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, माओवादी कम्युनिष्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, नेकपा माओवादी समाजवादी, नेकपा मसाल केसस र जनसमाजवादी मञ्च नेपालले संयुक्त रुपमा विज्ञप्ति […]
काठमाडौं । सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै यस्तो जानकारी गराएका हुन् । अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । यसलाई घटाएर […]
रिमा विश्वकर्मा /बाजुरा १ असार। वडा स्तरीय एक दिने समिक्षा गोष्ठी मार्तडीमा सम्पन्न भएको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालको आयोजनामा उक्त गोष्ठी बडीमालिका नगरपालिका ९ को वडा कार्यालयमा सम्पन्न भएको हो । गोष्ठीमा सहास नेपालद्धारा संचालन भएको स्थानीय प्रयासद्धारा खाद्य सुरक्षा रुपान्तत्रण (लिफ्ट) परियोजनाले बडीमालिका नगरभित्र ३ वर्षमा गरेका कामहरुको प्रगति बारे समिक्षा […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमै क्षतिपूर्ति नदिँदा काठमाडौंको नयाँ बजारस्थित खुसीबु क्षेत्रका खानेपानी पाइपलाइन मर्मत र सडक पुनर्निर्माणमा ढिलाइ भएको छ । प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा खुसीबु क्षेत्रमा करिब १४ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार खानेपानी पाइपलाइनमा पुगेको क्षति मर्मत सम्भारका […]
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा अवस्थित कक्षा ३ सम्म पढाइ हुने दुर्गा आधारभूत विद्यालयमा एक जना मात्रै विद्यार्थी छन् । उनी हुन् अढाइ वर्षीय सिमरन सोमै । चालु शैक्षिक सत्रमा उनीसँगै अरु दुई जना आएका थिए । तर, दुई जनालाई अभिभावकले निजी विद्यालय लगेपछि सिमरन एक्लै विद्यालय आइरहेका छन् । कक्षा […]
काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । ‘१६ वर्षमा नागरिकता पाउँछ, […]
कञ्चनपुर: सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुर आउने भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका देउवा शुक्रबार हुने समारोहमा सरिक हुनेछन्। विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ। समारोहमा शिक्षामन्त्री लगायतको सहभागिता रहने छ। समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो एसके जोशी पनि आउने बताइएको छ। त्यसैगरी […]
दार्चुला: दार्चुलाका शिक्षक रामसिंह धामीमाथि बलात्कार मृद्दा चलिरहेको छ। आफ्नै छात्रामाथि बलात्कार गरेको आरोपमा उनी जेठ १० गते पक्राउ परेका हुन्। नौगाड गाउँपालिका–६ बस्ने उनको अश्लिल भिडियोबाट उनको पोल खुलेको थियो। भएको के थियो भने, जेठ ५ गते नौगाड गाउँपालिकाका धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागेका थिए। नातामा काका पर्ने पूर्णसिंह भारतको बैङ्ग्लोरमा […]