होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकार बाहिर हुदापनि निरन्तर बिकासमा बमको टिम
समाचार

सरकार बाहिर हुदापनि निरन्तर बिकासमा बमको टिम

  • नागरिक रैबार
सरकार बाहिर हुदापनि निरन्तर बिकासमा बमको टिम

 सुर्खेत, कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा सरकार बाहिर हुदापनि निरन्तर बिकासमा निबर्तमान अध्यक्ष लक्ष्मण बहादुर बमको टिम रहेको छ ।

आज मात्रै उर्जा शाखा पलाताले सामानका लागि हेलिकप्टर बाट भुच्चि खाेला र रेडियाे पलाँता आवाज १०३.६ मेगाहर्जका लागि सामान पुगाएको हो । पोखरा देखि सामान धुरा र भुच्ची खोला सामान पुगेको छ । युवा नेता जनराज बमले पहिलो पलाँता सरकारलाई उर्जामा सफलल बनाएका थिए अहिले सरकार भन्दा बाहिर हुदा पनि उत्तिकै लागि परेका छन । पलाँता गाउपालिका प्रथम अध्यक्ष बमको टिममा रहेर उर्जा शाखा समालेका जनराज बम अहिले निबर्तमान अध्यक्षले पार्टी छोडि स्वतन्त्र भए संगै केही छोडेपनि टिममा रहेका ब्याक्तिहरु त्यत्तिकै सकृय भएर बिकासमा लागेका छन ।

उर्जा शाखा प्रमुख जनराज बमका अनुसार सिम्रिक इएर लाईन्स र उर्जा शाखा पलाँताको सम्झौतामा काम सुरु गरिन थालिएको बताउदै कर्णाली उज्यालो कार्यक्रम अंन्त्रगत चालीस लाख भुच्ची खोला र पन्ध्र लाख रेडियोको बजेटमा सामान खरिद तथा ढुवानी गरेको बताएका छन । स्वतन्त्र बाट निर्बाचित वडा अध्यक्ष उमेश बमले चुनाब जिते लगत्तै उर्जा शाखा संयोजक जनराज बम र निबर्तमान अध्यक्ष लक्ष्मण ब बम सँग समन्वय गरेर धुरा पारौटि ऐडिबाडा र रेडियो पलाँता आबाजका लागि धुरामै बत्ति निकाल्न लागिएको वडा अध्यक्ष बमको भनाई छ।

विज्ञापन

काममा लागेको टिम र जनराज बमलाई धन्यवाद दिदै प्रथम अध्यक्ष बमको वचन खाएर स्वतन्त्र उम्मेदवार जिताएकोले सोही जनताको कुनै कुराको लागि कन्जुस्याइँ नगर्ने र पलाँताका जनता भगवान हुन केही भ्रममा परेपनि कार्यकालमा सहयोग गरेकोमा सधै पलाँति समुदायकै साथमा रहने बताउनु भएको छ । अध्यक्ष बमको प्रेणाले मेरो क्षमता प्रदसन गर्न पाएको उर्जा संयोजक बमले पलाँता खबर लाई जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार