होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला, तर विज्ञानका अनुसार उनी संसारकै सुन्दर अनुहार भएकी महिला समेत हुन् । पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले उनलाई चर्चामा ल्याएको […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकिन गरी पठाउन भनेको हो। निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव नायब सुब्बा गणपति झाले जागिर अवधिमा चार करोड ८७ लख ३८ हजार २१० रुपैयाँ कमाएको खुलेको छ । जसमध्ये २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ आम्दानीको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०३९ साल मंसिर […]
कैलाली: सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन्। गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पिसिआर पद्दतिबाट १८ र एन्टिजेन पद्दतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो। पछिल्लो एक हप्तामा […]
दार्चुलाः जिल्ला भलिबल संघ दार्चुलाको अधिवेशनले प्रेमसिंह ऐरीलाई अध्यक्षमा चयन गरेको छ। सदरमुकाम खलंगामा बुधबार भएको भेलाले ऐरीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा सुरेशसिंह धामी र भोजराज जोशीलाई चयन गरेको छ। महासचिवमा दिनेश निरौला, कोषाध्यक्षमा विरदेव भट्ट चयन भएका छन्।सदस्यहरु महिलातर्फ अनिता धामी, लोरेन्स ठगुन्ना र गोमती जोशी तथा पुरुषतर्फ गगनसिंह धामी, […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले […]
काठमाडौं, ८ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्नेगरि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । […]
धनगढीः नेकपा एमालेका सांसद झपट रावलले बलात्कारको विषयलाई वर्गीकरण गरेर हेर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद रावलले विभिन्न उमेर समूह र प्रकृति अनुसार बलात्कारको घटनालाई वर्गीकरण गर्दै सोही अनुरुपको कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘बलात्कार साबित भयो भने बलात्कारीको लिंग छेदन गर्दा पनि […]
भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । । यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् । ‘भारतीय सेनाबाट पाण्डे अगस्तमा […]
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था गरेको छ । अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक फरक मोवाईल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाई आवेदन फाराम भरेको पाइएपछि विभागले नयाँ व्यवस्था गरेको हो । जसअनुसार अब एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्र अनलाइन प्रोफाइल बनाउन सकिने गरी व्यवस्थापन गरिएको […]
दाङ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् । सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार […]
काबुल- अफगानिस्तानको पाक्टिका बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । भुकम्पमा ९ सय २० जनाको मृत्यु भएको तथा थप ६ सय १० जना घाइते भएको विपत्त व्यवस्थापन अधिकारीले जनाउको सिन्हवाले उल्लेख गरेको छ । सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा परेको […]
काठमाडौँ,८ असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो । आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहेका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार साबिक […]
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद भीम रावलले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा गरेका छन । आज राज्यका निर्देशक,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा बोल्दै यस्तो घोषणा गरेका हुन् । ‘जबसम्म राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धि उठेका सबै विषयको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान गर्दिन’ रावलले भने, ‘जति वर्ष जेल हाल्छ हालोस् […]
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा बाग्लुङको बलेवास्थित द क्लिफ प्रालिको रिसोर्टको स्काई क्याफे पुगेकी छिन् । कालीगण्डकी नदीको खोँचमाथि करिब २५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काई क्याफेमा आरजुले रोमाञ्चकताका साथसाथै चियापान गरेकी हुन् । उनीसँग नेपाली काँग्रेसका नेता अर्जुन जोशी लगायतका कार्यकर्ताहरु समेत सहभागी भएका […]
मंगलबार काठमाडौंमा घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न निर्वाचन आयोगमा थप अर्को उजुरी परेको छ । बुधबार आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको […]
धनगढीः ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन्। विषालु च्याउ खाँदा ताराखोला–५ माटेबिसौनाका एकै घरका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती बिरामी भएका हुन्। यसैगरी उनीहरूको घरमा पाहुना लाग्न आएका म्याग्दी रुम घर भएका रविन रोका पनि बिरामी भएका छन्। घाइतेहरूको उपचार गलकोट स्थित इमरजेन्सी पोलिकिल्निक हटियामा भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका […]
बैतडीः जिल्लाका अमेरिकी फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएको हो। यहाँका अधिकांश खेतबारीमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित छन्। मकैको पकेट क्षेत्र मानिने यो क्षेत्रमा किराले मकैको बोट सखाप पार्ने गरेको छ। लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो। कृषि ज्ञान केन्द्र […]
काठमाडौं । रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुर स्टारर ‘शमशेर’ प्रदर्शन हुन एक महिना पनि बाँकी छैन । तीनैजना कलाकार प्रचारप्रसारमा जुट्दा निर्माण कम्पनी यशराज फिल्म्सले मंगलबार टिजर सार्वजनिक गरेको छ । टिजरमा हामीले रणवीर र सञ्जयको संक्षिप्त स्वरुप देख्न सक्छौं । आगामी जुलाई २२ मा रिलिज हुने फिल्मको टिजर सार्वजनिक गर्दै यशराज ब्यानरले […]
समाज चिसो बन्दैछ । सास फेरिरहेका जिउँदो लासहरुले देश भरिने क्रम जारी छ । मानिसबाट माया, प्रेम, सद्भाव, करुणा जस्ता शब्द हराउँदै गइरहेको छ । मानवियताको नामोनिसान अब लगभग सकिन लाग्यो । कोभिड १९ को समयमा त झनै आफ्नै परिवारका सदस्य समेत टाढा भए । पानी दिने मानिस समेत नभएर छटपटाउँदै प्राण त्याग्नुपर्ने अवस्था आयो […]