होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अफगानिस्तान भूकम्पः मृत्यु हुनेको संख्या ९२० पुग्यो
समाचार

अफगानिस्तान भूकम्पः मृत्यु हुनेको संख्या ९२० पुग्यो

  • नागरिक रैबार
अफगानिस्तान भूकम्पः मृत्यु हुनेको संख्या ९२० पुग्यो

काबुल- अफगानिस्तानको पाक्टिका बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । भुकम्पमा ९ सय २० जनाको मृत्यु भएको तथा थप ६ सय १० जना घाइते भएको विपत्त व्यवस्थापन अधिकारीले जनाउको सिन्हवाले उल्लेख गरेको छ ।

सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा परेको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा पनि मानिसको मृत्यु भएको छ ।

भूकम्प ६.१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

विज्ञापन

भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पुर्‍याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ । एजेन्सी ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार