होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेश सरकारको टोली दाङमा
समाचार

राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेश सरकारको टोली दाङमा

  • नागरिक रैबार
राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेश सरकारको टोली दाङमा

दाङ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ ।

राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।

सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ आएको हो । समितिको संयोजकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीलगायत रहेका छन् ।

विज्ञापन

उक्त टोलीले घटनाबारे छानविन गर्न बुधबार प्रहरी र पीडित परिवारका सदस्यसंग कुराकानी गर्नेछन् । समितिले घटनाबारे छानबिनपछि प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद बैठमा पेश गर्ने समितिका संयोजक सञ्चार मन्त्री शर्माले बताए ।

राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिलेसम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उनकी श्रीमतीसंग हातहालाहालको अवस्था सिर्जना भएको बताइन् ।

एकराजकी श्रीमती मिना बस्नेतले भने आफूमाथि हातपात गरेको भनी आरोप लगाउँदै राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार