होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा मकैमा अमेरिकी किराको प्रकोप, किसान हैरान
समाचार

बैतडीमा मकैमा अमेरिकी किराको प्रकोप, किसान हैरान

  • नागरिक रैबार
बैतडीमा मकैमा अमेरिकी किराको प्रकोप, किसान हैरान

बैतडीः जिल्लाका अमेरिकी फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएको हो। यहाँका अधिकांश खेतबारीमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित छन्। मकैको पकेट क्षेत्र मानिने यो क्षेत्रमा किराले मकैको बोट सखाप पार्ने गरेको छ।

लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो। कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा अमेरिकी फौजी किराको प्रकोप देखा परेको छ। दिनभर लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा धेरै बाली नष्ट गर्छ। जिल्लाका विभिन्न स्थानका किसानले फोन गरेर फौजी किराको प्रकोप देखिएको जानकारी दिने गरेको उनले बताए।

गएको तीन वर्ष यता फौजी किराको प्रकोप देखिएको छ। दोगडाकेदार गाउँपालिका २ का अधिकांश किसानले लगाएको मकै फौजी किराले सखाप पारेको दीपिका कार्कीले बताइन्। मकैबाली लगाएकै बेलादेखि फौजी किराले मकैबालीमा क्षति पुर्‍ याउन थालेको छ। किराले मकैको पातमा पसेर गाबो समेत खाने गरेको छ।

विज्ञापन

कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएको र विषादी वितरण गर्ने कार्य भइरहेको जानकारी दिए। बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको छ। फौजी किराको प्रकोप देखा परेकोले यस वर्ष उत्पादनमा ह्रास आउने देखिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार